सडक, पुल लगायतका पूर्वाधारका हिसाबले सङ्खुवासभाको अवस्था अझै भयावह : राजेन्द्र गौतम 


काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले सडक, पुल लगायतका पूर्वाधारका हिसाबले सङ्खुवासभाको अवस्था अझै भयावह रहेकाे बताउनुभएकाे छ ।
सोमबार सङ्खुवासभाको प्रथम भोटखोला गाउँपालिका महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले सडकको स्तरोन्नति नहुँदा अहिले पनि सङ्खुवासभामा भयावह स्थितिमा रहेको बताउनुभयो । सडकको स्तरोन्नति तथा नदीमा पुल निर्माण अनिवार्य रहेको गौतमले प्रष्ट पार्नुभयो । ‘धेरै नदीहरूमा पुल निर्माण गर्नुपर्ने परिस्थिति छ, त्यसको अतिरिक्त नेपाल चीनको बोडरमा रहेको कामु नदीमा नयाँ पुल बनाएर चीनसँगको सम्बन्धलाई हामीले सुदृढ गर्नुपर्ने छ’, गौतमले भन्नुभयो ।
कामु नदीमा पुल बनाउनको लागि चीनलाई नेपाल सरकारको तर्फबाट औपचारिक प्रस्ताव पठाइसकेको उहाँले जानकारी दिनुभयो । सो पुल निर्माणको काम प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
गाैतमले खाँदबारी–किमाथाङ्का सडकको स्तरोन्नति अनिवार्य रहेको बताउनुभयाे । सो सडक स्तरोन्नतिको लागि सरकारको ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयाे।
आफू सङ्खुवासभाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदाको बखत निक्कै मेहनत गरेर सो सडक निर्माणको जिम्मा नेपाली सेनालाई लगाउने काम गरेको गौतमले बताउनुभयो । ‘नेपाली सेनाले आफ्नो कुशलतापूर्वक यो विकट क्षेत्रमा आएर काम गरेको हामीले अनुभूत गरेका छौँ’, उहाँले भन्नुभयो ।
गाउँपालिकाको महोत्सव आफैँमा निक्कै महत्त्वपूर्ण कार्यक्रम भएको गौतमले बताउनुभयो । यसले गाउँपालिकाको पहिचान स्थापित गर्न र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
सामाजिक सञ्जाल मार्फत सामाजिक अराजकता मच्चाइँदै छ :महासचिव शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने

एमालेको नीति : ८४ सम्म काँग्रेससँग सत्ता सहकार्य,चुनावमा आमनेसामने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस सँगको सत्ता सहकार्य ८४ को चुनावसम्म निरन्तर

मिर्गाैलासम्बन्धी उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ ः प्रधानमन्त्री

  काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति

स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको छ ः प्रधानमन्त्री

  काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई