एमाले उपाध्यक्ष विष्णु पौडेल चीनतर्फ
काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गर्नुभएको छ।
चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल चीन तर्फ प्रस्थान गर्नुभएको हो । उपाध्यक्ष पौडेल बिहान पौने १० बजे हिमालयन एयरलाइन्सकाे उडान नं. एच ९-७८७ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनका लागि प्रस्थान गर्नुभएको हो । सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ।
उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्नुहुने जनाइएको छ।