अनियमितता, भ्रष्टाचार र कुरीतिको बाहक एमाले हुन सक्तैनन : ईश्वर पोखरेल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ  सत्ता समीकरणले सामाजिक सद्भाव कायम गर्ने तथा आर्थिक विकास तथा राष्ट्रिय स्वाभिमान जोगाउने बताउनुभएकाे छ ।
नेकपा एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई मंगलबार गाईघाटमा सम्बोधन गर्दै  पाेखरेलले नयाँ सत्ता समीकरण देशलाई नयाँ गति दिने दिशामा केन्द्रित भएकाे बताउनुभयाे ।  ‘नयाँ समीकरण मुलुकलाई सही दिशा दिने कुरामा लक्षित छ, हाम्रो योजनामा यो समीकरण बनेको हो, हामी यसलाई टिकाउन चाहन्छौँ, हामी यसलाई बचाउन चाहन्छौँ’, पोखरेलले भन्नुभयो ।
हिजोको गठबन्धन अस्वाभाविक गठबन्धन भएकोले भत्काउनु परेको पोखरेलले बताउनुभयो । सो गठबन्धन संविधानको मर्म र लोकतान्त्रिक मूल्य मान्यता विपरीत नीति र सिद्धान्त विहीन भएको उहाँले दाबी गर्नुभयो ।
सो गठबन्धन एमालेलाई सिद्ध्याउने नियतले बनेको उहाँले बताउनुभयो । ‘एमालेलाई सिद्ध्याउने आपराधिक योजना अनुसार त्यो बनेको थियो, हिजोको गठबन्धन एमालेलाई सिद्ध्याउने र एमालेलाई समाप्त पार्ने योजना अन्तर्गत बनेको थियो’, पोखरेलले भन्नुभयो ।
एमालेलाई सिद्ध्याउने योजना एमालेले असफल बनाइदिएको उहाँले बताउनुभयो । सबै दल मिल्दा पनि एमाले एक्लैले सर्वाधिक बहुमत ल्याउन सफल भएको पोखरेलले सुनाउनुभयो ।
पुरानो गठबन्धनको कारण राजनीतिक र सामाजिक सद्भाव बिग्रिएको, देशको स्वाभिमान गिरेको उहाँले बताउनुभयो । त्यसलाई सच्याउनको लागि पुरानो समीकरण भत्काउनु परेको उहाँले स्पष्ट पार्नुभयो । अहिले बाम गठबन्धन वा समाजवादी मोर्चा केही नबन्ने उहाँले स्पष्ट पार्नुभयो । अहिले जम्मा नयाँ समीकरणलाई अगाडि बढाउने कुरामा मात्र एमालेको ध्यान केन्द्रित रहेको पोखरेलले बताउनुभयो ।
पोखरेलले एमालेबाट निर्वाचित जनप्रतिनिधिले विकास निर्माण, उत्पादन बढाउने, रोजगारी बढाउने, स्वरोजगारी, सीप विकास लगायतको कुरा गर्दैनन् भने एमालेको पछाडि मानिसहरू नलाग्ने बताउनुभयो । ‘अब हाम्रो पार्टीको एजेण्डा भनेको विकास निर्माणको एजेण्डा हो’, उहाँले भन्नुभयो । नेकपा एमालेलाई जनताको बिचमा लोकप्रिय बनाउने हो भने विकास,  निर्माण, सिप, रोजगारी र स्वरोजगारी दिलाउने कुरामा ध्यान दिन जरुरी रहेको पोखरेलले बताउनुभयो । यसको लागि योजना बनाएर अघि बढ्नु पर्नेमा पोखरेलले जोड दिनुभयो । ‘यी मुद्दा उठाउन सकेन भने एमाले जनताको बिचमा स्थापित हुन सक्दैन’, पोखरेलले भन्नुभयो ।
भ्रष्टाचार र अनियमितताको विषयमा आवाज उठाउने पार्टी एमाले भएको पोखरेलले बताउनुभयो । भ्रष्टाचार र अनियमितताको घटनामा एमालेकै मान्छे संलग्न भए पनि त्यसका विरुद्ध आवाज उठाउनु एमालेको कर्तव्य भएको पोखरेलको धारणा छ । ‘भ्रष्टाचारको विरुद्धमा बोलिँदैन भने त्यो एमाले हुन सक्दैन, अनियमितता र बेथिति विरुद्ध बोलिन भने त्यो एमाले हुन सक्दैन, भ्रष्टाचार विरोधी अभियानको उद्घोष गर्ने नेता हो एमाले, अनियमितता र बेथितिको विरुद्ध बोल्ने नेता हो एमाले’, उहाँले भन्नुभयो ।
एमाले पार्टी कमिटीले कुरीति, अन्धविश्वास र कुसंस्कारको विरुद्ध आवाज उठाउनु पर्ने उहाँले बताउनुभयो । यदि राम्रो एमाले बनाउने हो भने यी अग्र पङ्तिमा उभिने शक्तिको रूपमा स्थापित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कोही पनि एमाले अनियमितता, भ्रष्टाचार र कुरीतिको बाहक हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । त्यस्ता व्यक्ति केही दिन रहे पनि सधैँ एमाले भएर रहन नसक्ने पोखरेलले बताउनुभयो ।
पोखरेलले अहिले एमालेमा पार्टीको नेतृत्व र नीतिमा कुनै विवाद नभएको बताउनुभयो । त्यसैले जिल्लामा नेतृत्व चयनका सवालमा केन्द्रले कसैलाई टाढा वा नजिकको व्यवहार नगर्ने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
मिस इन्फरमेसन, डिसइफरमेसन, डिक फेक र फेक न्युजहरूले दल र दलका नेतालाई प्रहार गरिनु दुखद : उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताउनुभएको छ ।

कुनै दल फुुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुुपर्ने आवश्यकता भए पनि

विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत

काठमाडौँ, २८ पुस । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम

हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी

काठमाडौं, पुस २६ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई