आफू भन्दा माथिका नेताहरूलाई लक्षित गरी तथानाम स्ट्याटस लेख्ने पार्टी सदस्यलाई कारबाहीको दायरामा ल्याउने ओलीको चेतावनी


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ‌ओलीले नेकपा एमालेले लिएका विचार र नीति उत्कृष्ट, अतुलनीय र श्रेष्ठ भएका बताउनुभएको छ ।
मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेका विचार महान् भएकोले ती महान् विचारलाई पछार्नु पर्छ र सिद्ध्याउनु पर्छ भनेर विभिन्न शक्ति लागेका बताउनुभयो । एमालेलाई खरानी बनाएर हावामा उडाउनु पर्छ वा पानीमा बगाएर समाप्त गर्नुपर्छ भनेर ती शक्ति लागेका ओलीले टिप्पणी गर्नुभयो ।
एमाले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा गरेर जानु पर्छ भन्ने मान्यतामा रहेको ओलीले बताउनुभयो । ‘उनीहरू सिद्ध्याउने भन्छन्, हामी सहकार्य गर्नुपर्छ भन्छौँ’, ओलीले भन्नुभयो ।
अध्ययन र क्रियाशीलतामा नेकपा एमालेका नेता कार्यकर्ता अब्बल हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अध्ययन र क्षमतामा पछि पर्ने नेता कार्यकर्ता स्वतः पछाडि पर्ने उहाँले बताउनुभयो ।
ओलीले पार्टीको काम नगर्ने तर आफू भन्दा माथिका नेताहरूलाई लक्षित गरी तथानाम स्ट्याटस लेख्ने गरेको भन्दै नेता कार्यकर्तामा गलत क्रियाकलाप विकास भएको बताउनुभयो । उहाँले गलत स्ट्याटस लेख्ने पार्टी सदस्यलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभयो ।
उहाँले विमति भए पार्टी भित्रका कमिटीमा छलफलमा ल्याउन आग्रह गर्नुभयो । आफूले लेखेको स्ट्याटसको जिम्मेवारी लिन सक्ने गरी मात्रै लख्न उहाँले निर्देशन दिनुभयो । ‘कमिटीमा छलफल गर्नुस्, बाहिर किन स्ट्याटस लेख्नुहुन्छ ?’, उहाँले प्रश्न गर्नुभयो ।
उहाँले अहिले नेपालको राजनीतिमा नयाँ भनिएकाहरू प्रतिस्पर्धामा आएको तर क्यानभास भने अझै खाली रहेको अवस्थामा रहेका बताउनुभयो । ओलीले नयाँ पार्टीहरू नयाँ चित्र बनाउँछौँ मात्रै भन्ने तर चित्र के बनाउने भन्ने नै थाहा नभएका बताउनुभयो । ‘नयाँ पार्टी विचारले नयाँ छैनन्‚ विचारमा केही पनि छैन’, ओलीले भन्नुभयो ।
चारमा कुनै नयाँपन नरहेकाले नेकपा एमालेले गरेका कामको नक्कल गरिरहेका उहाँले बताउनुभयो । ‘यी गुलिया, मिठा, उल्टापाल्टा कुरा गर्छन्, नयाँहरू हाम्रा चित्र हेरेर रङ कसरी प्रयोग गरिन्छ, रङ संयोजन कसरी हुन्छ, हेर्न खोज्दै छन्’, उहाँले भन्नुभयो ।
अहिले एमाले बाहेक कुनै पनि पार्टीसँग नीति र विचार नभएको ओलीले बताउनुभयो । उनीहरू एमालेको नीति र विचार भत्काएर यो हाम्रो मौलिक नीति र विचार हो भनेर भ्रमित बनाउने काममा लागेका ओलीले टिप्पणी गर्नुभयो ।
नेपाली का‌ंग्रेस यथास्थितिवादी पार्टी भएकोले का‌ंग्रेस थाेत्राे मात्र होइन पत्रु पार्टी भएको उहाँले दाबी गर्नु भयो । त्यसैले का‌ंग्रेसले स‌ंगठन निर्माणको लागि केही काम गर्नु नपर्ने ओलीको भनाइ छ ।
ओलीले पुँजीवादले सैद्धान्तिक हिसाबले हारिसकेको बताउनुभयो । अध्यक्ष ओलीले पुँजीवादका मूल्य मान्यता थोत्रा भइसकेका बताउनुभयो । पुँजीवादले शोषण गरेर भए पनि पैसा कमाऊ भन्ने मान्यता राख्ने उहाँले स्पष्ट पार्नुभयो । शोषणलाई संयुक्त राष्ट्र संघले समेत मान्यता नदिएकोले पुँजीवादी मान्यता अब अन्त्य भएको ओलीले बताउनुभयो ।
संयुक्त राष्ट्र संघमा गएर शोषण ठिक छ भने कुनै पनि पुँजीवादी राष्ट्रले भन्न नसक्ने उहाँले बताउनुभयो । ‘आज शोषणको सिद्धान्त कसैले पनि ठिक छ भन्न सक्दैन, हारिसक्यो पुँजीवादले, वैचारिक हिसाबले हारिसक्यो’, उहाँले भन्नुभयो ।
सामाजिक सुरक्षाको सिद्धान्त समाजवादको सिद्धान्त भएको उहाँले बताउनुभयो । विकेन्द्रीकरण, स्थानीय स्वायत्त शासन , यी सबै पुँजीवादको पक्ष र पुँजीवादको विपक्षमा रहेको ओलीले प्रष्ट पार्नुभयो । ‘मानवता पुँजीवादले अङ्गीकार गर्दैन’, उहाँले भन्नुभयो ।
कोही पनि पछाडि नपरोस् भन्ने संयुक्त राष्ट्र संघको नारा समाजवादको नारा भएको ओलीले बताउनुभयो । धर्तीमा जन्मिएका नागरिकको मानव अधिकारको कुरा कम्युनिष्टले गर्ने ओलीले स्पष्ट पार्नुभयो । सम्मानित जीवन बिताउन पाउन हरेक नागरिकको अधिकार भएको उहाँले स्पष्ट पार्नुभयो । ‘हामीले खोजेको यो हो’, उहाँले भन्नुभयो ।
एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि सङ्कल्प यात्राको क्रममा ठुलो जनलहर रहेको उहाँले बताउनुभयो । सो अभियानको क्रममा वाग्मती प्रदेशले खेलको भूमिका निक्कै सराहनीय भएको भन्दै ओलीले प्रशंसा गर्नुभयो । ‘जनतामा उत्साह जगाउने काम पार्टी नेतृत्वले खेलेको छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा एमालेले लिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा एमालले

प्रमुख अतिथी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई बनाउने निर्णय

काठमाडौं, बैशाख ५ । नेकपा एमालेका जनसंगठनहरुको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ

कांग्रेसलाई भोट हाल्ने वामपन्थी होइनन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वामपन्थी भन्नेहरू अहिले पनि कांग्रेलाई भोट

युवा नेता विश्वदीप माओवादि प्रबेश

युवा नेता विश्वदीप पाण्डेले पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) परित्यागको घोषणा गरि माओवादी केन्द्रमा प्रबेश

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई