एमाले कास्कीको अध्यक्षमा क्षेत्री निर्वाचित, माधव बास्तोला २ सय ४ मतले पराजित


पोखरा, चैत १५ । नेकपा एमाले जिल्ला कमिटी कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री विजयी हुनुभएको छ । एमाले कास्कीको आज सकिएको ११ औ अधिवेशनमा निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

क्षेत्रीले ५ सय ५१ र बास्तोलाले ३४७ मत पाउनु भएको छ । अध्यक्षका अर्का उम्मेदवार विवेक त्रीपाठीले १७ मत प्राप्त गर्नुभएको छ ।

अध्यक्षसहित सबै पदाधिकारीमा क्षेत्री समूहको प्यानलै विजयी भएका छन् । उपाध्यक्षमा ५२७ मतसहित भेषराज बराल, सचिवमा ५९७ मत ल्याएर दर्शन लामा, उपसचिवमा ५८१ मत ल्याएर लालबहादुर परियार र ५१० मत ल्याएर सन्तु सुवेदी विजयी हुनुभएको छ ।

उपाध्यक्षमा शिव आचार्य (३८८) र सचिवमा सुरेन्द्र गुरुङ (३२०), उपसचिवमा राधिका शाही योगी (३४४) र सिता परियार (३३४) मतसहित उपबिजेतामा चित्त बुझाउनु परेको छ ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा एमालेले लिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा एमालले

प्रमुख अतिथी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई बनाउने निर्णय

काठमाडौं, बैशाख ५ । नेकपा एमालेका जनसंगठनहरुको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ

कांग्रेसलाई भोट हाल्ने वामपन्थी होइनन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वामपन्थी भन्नेहरू अहिले पनि कांग्रेलाई भोट

युवा नेता विश्वदीप माओवादि प्रबेश

युवा नेता विश्वदीप पाण्डेले पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) परित्यागको घोषणा गरि माओवादी केन्द्रमा प्रबेश

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई