पार्टी जीवनमा आन्तरिक संघर्षले पार्टीलाई क्षति पुग्छ , केन्द्रियता नमान्नेहरु दुर्घटनामा पर्न सक्छ्न : ओली


र्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशन सुरु भएको छ । आज एमालेका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन् । जिल्ला अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले पञ्चायत विरुद्ध पात पनि नहल्लिने समयमा झापामा वामपंथीहरुले आन्दोलन सुरु गरेको बताएका छन् । त्यहि आन्दोलनको जगबाट पार्टी निर्माण र मुलुकको परिवर्तन संभव भएको बताए । झापा आन्दोलनले झापाबासीको समेत शीर उच्च बनाएको स्मरण गर्दै अध्यक्ष ओलीले वामपंथी लोकतान्त्रिक आन्दोलनले परिवर्तनमा ठुलो योगदान गरेको बताए ।

अध्यक्ष ओलीले भने– झापा लाल किल्ला रहन्छ, कसैले हात हाल्ने चेष्टा नगरे हुन्छ । गल्तीले जितेर जानेहरुले राष्ट्रको निमित्त कुनै काम गर्ने गर्न सकेका छैन । होइन भने झापा १ नं क्षेत्रमा गएर हेरे पुग्छ । अधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेको अहिलेको लक्ष्य भनेको मिसन ८४ रहेको बताए । मिसन ८४ मा देशभर एमालेको बहुमत हुने र समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा हुने उनको भनाई थियो ।

कांग्रेस थोत्रे पार्टी भएको बताउँदै उनले अब कांग्रेससँग जनताले आश मारिसकेको धारणा राखेका थिए । जस्तो सुकै कठिन परिस्थितिमा समेत एमाले जनताको निमित्त बलियो ढंगले उभिने भन्दै एमालेमा गोलवन्ध हुन आग्रह गरे । अधिवेशनका लागि एक दिन अघि झापा आएका उनले जनताले भरोसा गरेको पार्टीमा एकता हुन जरुरी रहेको बताए ।
जिल्ला अधिवेशनलाई लक्षित गर्दै ओलीले भने – पार्टीभित्र आन्तरिक एकता र सहकार्य गर्ने हो । विरोधीहरु विरुद्ध मात्रै संघर्ष गर्नुपर्छ । पार्टी जीवनमा आन्तरिक संघर्षले पार्टीलाई क्षति पुग्ने उनको धारणा थियो ।

०८४ मा हरेक वडामा एमालेको सुर्य झण्डा फहराउनका लागि एमालेमा आन्तरिक एकता बलियो हुनुपर्ने बताएका हुन् । उनले निर्वाचनमा जाने, लोकतान्त्रिक केन्द्रियता नमान्नेहरु दुर्घटनामा पर्न सक्ने संकेत गरे । आफ्नो कामको मुल्याङकन गरेर मात्रै अघि बढ्न ओलीको निर्देशन थियो ।

उनले कार्यकर्ताहरुलाई एकतावद्ध भएर अधिवेशन सम्पन्न गर्न आग्रह समेत गरेका छन् । निर्वाचन प्रक्रियालाई लामो बनाएर खर्च बढाउने काम नगर्न आग्रह गरेका छन् ।

उनले कन्द्रीय राजनीति नयाँ समिकरणबाट अघि बढेको जानकारी दिए । सरकार निर्माणमा गठबन्धन भएको होइन, उनले भने, यो नयाँ समिकरण हो । यसले जनताको निम्ति काम गर्नेछ ।

कार्यक्रममा अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा, पार्टी उपाध्यक्ष राम थापा बादल, अष्टलक्ष्मी शाक्य, झापा जिल्ला इञ्चार्ज विशाल भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा एमालेले लिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा एमालले

प्रमुख अतिथी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई बनाउने निर्णय

काठमाडौं, बैशाख ५ । नेकपा एमालेका जनसंगठनहरुको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ

कांग्रेसलाई भोट हाल्ने वामपन्थी होइनन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वामपन्थी भन्नेहरू अहिले पनि कांग्रेलाई भोट

युवा नेता विश्वदीप माओवादि प्रबेश

युवा नेता विश्वदीप पाण्डेले पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) परित्यागको घोषणा गरि माओवादी केन्द्रमा प्रबेश

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई