स्वार्थी मनोविज्ञानको कारण नेपाली समाज परिवर्तन हुन नसकेको हो : शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कठिनाइसँग भिड्न नसक्नेले प्रगति पनि गर्न नसक्ने बताउनुभएकाे छ।
शनिबार नेकपा एमाले दाङ–काठमाडौं सम्पर्क मञ्चको १२ औँ जिल्ला सम्मेलनको पार्टी केन्द्रीय कार्यालयमा उद्घाटन गर्दै महासचिव पोखरेलले समस्यासँग भागेर होइन संघर्ष गरेर अघि बढ्नु पर्ने बताउनुभयो । ‘संघर्षसँग जुध्न आँट गर्नेले नै प्रगति गर्छ, जो सुविधामा हुर्कन्छ त्यसले कहिल्यै लडाई लड्दैन, जो कठिनाइसँग भिड्छ त्यसले नै प्रगति गर्दछ’, उहाँले भन्नुभयो ।
प्रतिकूलता पैदा भयो भनेर निराश हुनेले कहिल्यै प्रगति गर्न नसक्ने पोखरेलले बताउनुभयो । स्वार्थी मनोविज्ञानको कारण नेपाली समाज परिवर्तन हुन नसकेको उहाँको धारणा छ ।
सामाजिक मनोविज्ञानलाई बदल्न नसकेको कारण नेपाली समाज अघि बढ्न नसकेको उहाँले बताउनुभयो । राष्ट्रिय चिन्तन बोकेर काम गर्दा मात्र देशको विकास गर्न सकिने र जनतामा आशा र भरोसा जगाउन सकिने पोखरेलको भनाइ छ ।
नेकपा एमाले देशको ठुलो पार्टी भएकोले देश विकासको नेतृत्व पनि नेकपा एमालेले नै लिनु पर्ने उहाँले बताउनुभयो । पुरानो गठबन्धनको कारण देश विकासले गति लिन नसकेको कारण एमालेले नयाँ सत्ता समीकरण बनाएको उहाँले बताउनुभयो । गठबन्धनले देश बनेको दृष्टान्त विश्वमा कतै नभएको उहाँले स्पष्ट पार्नुभयो ।
देश बनाउन सबल नेतृत्व, स्पष्ट दृष्टिकोण, बलियो पार्टी र स्थायित्व आवश्यक रहेको उहाँले बताउनुभयो । विचार नभएका नयाँ पार्टीले देश बनाउन नसक्ने पनि उहाँले स्पष्ट पार्नुभयो । सामाजिक अराजकताको कारण देश बन्न नसक्ने उहाँले बताउनुभयो । यसले अस्थिरता मात्र कायम गर्ने उहाँको धारणा छ ।
निशाका कुरा गरेर नेपाल नबन्ने उहाँले प्रष्ट पार्नुभयो । जनतामा आशा जगाएर मात्र देश बनाउन सकिने उहाँले बताउनुभयो । जनतामा त्यही आशा जगाउन नेकपा एमालेले मिसन ग्रासरुट र झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा चलाएको उहाँले जानकारी दिनुभयो ।
मुलुक बनाउनको लागि अहिलेको अवस्था पनि सहज नभएको उहाँले बताउनु भयो । त्यसका लागि नेकपा एमालेको एकल बहुमतको सरकार आवश्यक पर्ने पोखरेलले प्रष्ट पार्नुभयो । त्यसकै लागि नेकपा एमालले मिसन २०८४ भनेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
सामाजिक सञ्जाल मार्फत सामाजिक अराजकता मच्चाइँदै छ :महासचिव शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने

एमालेको नीति : ८४ सम्म काँग्रेससँग सत्ता सहकार्य,चुनावमा आमनेसामने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस सँगको सत्ता सहकार्य ८४ को चुनावसम्म निरन्तर

मिर्गाैलासम्बन्धी उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ ः प्रधानमन्त्री

  काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति

स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको छ ः प्रधानमन्त्री

  काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई