चितवनका टोलटोलमा एमाले लहर


चितवन, चैत १९ –
नेकपा (एमाले) चितवनले ‘जनतासँग एमाले’ अभियान सञ्चालन गरिरहेको छ । फागुन १५ गतेबाट सुरु भएको डेढ महिने अभियान चैत मसान्तसम्म चल्ने छ ।

जिल्लाका सबै पालिका, वडा र टोलहरुमा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु भइरहेका छन् । जसले चितवनमा एमाले लहर नै ल्याएको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउँछन् ।

जिल्लाका ९८ वटै वडामा अभियानको वडा संयोजक र सहसंयोजकहरु तोकेर जिम्मेवारी प्रदान गरी जिल्ला पार्टी नेतृत्वले कार्यक्षेत्रमा खटाएको छ । उनीहरुले टोलटोलमा पुगेर त्यहाँका नेतृत्वलाई कार्य विभाजन गराई अभियान चलाइरहेका छन् ।

अध्यक्ष न्यौपानेका अनुसार जनतासँग एमाले अभियान अन्तर्गत जनप्रतिनिधि र पार्टीबीचको अन्तर सम्बन्धलाई मजबुत पार्ने खालका विभिन्न कार्यक्रम, एक वडा एक रचनात्मक कार्यक्रम सञ्चालन, पार्टी सदस्यता नवीकरण, नयाँ पार्टी सदस्यता वितरण, वडा स्तरमा प्रशिक्षण कार्यक्रम, टोल एवम् वडा कमिटीहरु गठन पुनःगठन गर्ने कामहरु भइरहेका छन् ।

यसैगरी स्थानीय स्तरमा भइरहेका विकास निर्माणको अवस्थाका बारेमा जानकारी लिएर आइपरेका समस्याहरुको समाधानका लागि स्थानीय पार्टी कमिटीले पहल कदमी लिने, जनजीविकाका सवाललाई एमालेले उठाउने जस्ता विषयहरुका बारेमा अभियानका क्रममा जनतालाई सुसूचीत गराउने, वार्ड स्तरमा रहेका संघ संस्थाहरुको विवरण, रोजगारीको अवस्था, वैदेशिक रोजगारी लगायतका विषयमा जानकारी लिने काम अभियान अन्तर्गत भइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

यस अभियानले पार्टी संगठनलाई मजबुत बनाउँदै लैजाने र पार्टी शुद्धिकरण एवम् सुदृढीकरणका लागि कोसेढुङ्गा साबित हुने विश्वास सिंगो पार्टी कमिटीले लिएको छ । साथै यसले एमालेलाई वडा वडामा क्रियाशील गराएर जनतासँग जोड्न प्रभावकारी भूमिका खेल्ने पार्टी कमिटीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा एमालेले लिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा एमालले

प्रमुख अतिथी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई बनाउने निर्णय

काठमाडौं, बैशाख ५ । नेकपा एमालेका जनसंगठनहरुको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ

कांग्रेसलाई भोट हाल्ने वामपन्थी होइनन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वामपन्थी भन्नेहरू अहिले पनि कांग्रेलाई भोट

युवा नेता विश्वदीप माओवादि प्रबेश

युवा नेता विश्वदीप पाण्डेले पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) परित्यागको घोषणा गरि माओवादी केन्द्रमा प्रबेश

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई