नेकपा एमाले लमजुङको अध्यक्षमा राजकुमार बिष्ट निर्वाचित


 

चैत १९ । नेकपा एमाले लमजुङको अध्यक्षमा राजकुमार बिष्ट निर्वाचित हुनुभएको छ । नवौं जिल्ला अधिवेशनको क्रममा भएको निर्वाचनको मतगणना सम्पन्न हुँदा बिष्टले निवर्तमान जिल्ला अध्यक्षलाई हराउनु भएको हो ।

बिष्टले निवर्तमान जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई पराजीत गर्नुभएको हो । अध्यक्षमा २८८ मत प्राप्त गरी बिष्ट बिजयी बन्दा उहाँसँग प्रतिस्पर्धा गर्नुभएका अधिकारीले १९९ मत पाउनु भएको छ । जिल्ला अधिवेशनबाट पदाधिकारीमा समेत बिष्टकै प्यानलका सवै उम्मेदवार निर्वाचित भएका छन ।

उपाध्यक्षमा बिष्टकै प्यानलका जीतबहादुर गुरुङ २४२ मतसहित बिजयी बन्नुभएको छ । उहाँका प्रतिस्पर्धी शुभाष पौडेलले २३७ मत प्राप्त गर्नुभएको छ । यसैगरी सचिवमा पनि बिष्ट प्यानलका राजेन्द्र बोहोरा ३५८ मतसहित तेब्बरभन्दा बढीले बिजयी बन्नुभएको छ । उहाँका प्रतिस्पर्धी जनकराज मिश्रले ११९ मत पाउनु भएको छ ।

यस्तै उपसचिवमा पनि बिष्टकै प्यानलका दिवश बुढाथोकी ३४९ मतसहित बिजयी बन्नुभएको छ । उहाँका प्रतिस्पर्धी राजेन्द्र अधिकारीले केवल १२९ मत पाउनु भएको छ । महिलाउपसचिवमा भने राममाया राना मगर निर्बिरोध निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ

काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ

चाड पर्वका माध्यमबाट हामीले हाम्रो संस्कृतिलाई मजबुत बनाउनु पर्दछ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका सांस्कृतिक पर्वले देशलाई एकताबद्ध बनाउन सहयोग गरेका

पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया

बडादशैंको महत्व झनै बढेर गएको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, असोज २५ । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले बडादशैं पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई