युवालाई नेतृत्व दिन एमालेले सुरुवात गरिसकेको छ : उपाध्यक्ष पोखरेल


बारा, चैत १९ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारको पालामा अघि बढाइएको मधेशको बिकाश केन्द्रित अभियान फेरि अघि बढाउने उदघोष गर्नुभएको छ ।आजबाट सुरु भएको नेकपा एमाले बाराको ११औँ जिल्ला अधिवेशनको उदघाटन गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो उदघोष गर्नुभएको हो ।

उहाँले पछिल्लो समिकरणमा एमालेबाट मधेश प्रदेशमा तीन मन्त्री रहेका कारण अब मधेश प्रदेशको बिकाश अभियान पहिला जसरी नै अघि बढाउने बताउनु भयो । ‘एमालेका मन्त्रीहरुले केपी ओली नेतृत्वको सरकारको पालामा सुरु भएको मधेशको बिकाश केन्द्रित अभियानलाई फेरि अगाडि बढाउने छन,’ बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो ।

उहाँले मधेशबाट कृषि, भौतिक पूर्वाधार र रक्षामन्त्री भएको हुदाँ यहाँका जनताले कृषिमा भोग्दै आएको मल, बिउ बिजनको अन्त्य गर्ने र मल अभावलाई न्युनिकरणका निम्ति काम अघि बढाउने बताउनु भयो । उहाँले मल कारखना निर्माण गरिने तथा भौतिक पूर्वाधार निमार्ण कार्य तिब्र रुपमा अगाडि बढाइने जानकारी पनि दिनुभयो । रक्षा मन्त्रालय अन्तरगत रहेको काठमाडौं तराई फास्ट ट्रयाकमा अघिल्लो सरकारले गरेको आलटाललाई अन्त्य गर्दै समयमै सम्पन्न गर्ने गरी काम अघि बढाइएको जानकारीसमेत उहाँले दिनुभयो ।

बरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा मधेशले विकासको गति लिएको तथ्यसमेत राख्नुभयो । मधेसी दलले २० वर्षबाट गीत बनाउदै आएको हुलाकी राजमार्ग निमार्णका निम्ती ओली सरकारको बेलामा २० अर्व रकम लगानी गरेर मधेशको मुहार परिर्वतन गरिएको पोखरेलको भनाई थियो ।

उहाँले एमाले स्वाभिमान र स्वतन्त्रताका साथमा सामाजिक सद्भाव कायम गर्दै समाजलाई रुपान्तरण गर्ने लक्ष्यका साथ अगाडि बढेको जानकारी दिँदै आगामी निर्वाचनमा थप शक्तिशाली र ऊर्जावान पार्टी भएर अगाडि बढ्ने बताउनु भयो । फरक प्रसंगमा पोखरेलले पालिकादेखि केन्द्रको राजनितीमा ४० प्रतिशत यूवा समेटेर एमाले अगाडि बढने जानकारी दिनुभयो ।
वर्तमान सरकार फरक पार्टी र विचारबीचको गठबन्धन नभएर राष्ट्रिय आवश्यता भएको भन्दै पोखरेलले देशको समग्र विकासका लागि नयाँ समीकरण भएको प्रष्ट पार्नुभयो । मधेशलगायत समग्र देशको सर्वाङ्गीन विकाासका लागि एमाले मात्रै पहिलो विकल्प भएको उहाँको भनाई छ ।

यस्तै एमाले सचिव तथा उपप्रधानमन्त्री रघुबीर महासेठ, अर्का सचिव एवं मधेश प्रदेश ईञ्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य पुरुसोत्तम पौडेल, कृषिमन्त्री एवं पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साह, सुमन प्याकुरेल, रामदयाल मण्डल, अच्युत मैनाली, मधेश प्रदेश सचिब मनोज पौडेललगायतका बक्ताहरुले मधेशको समृद्धिका लागि एमालेको नेतृत्व अनिवार्य रहेको तर्क राख्नुभयो ।एमाले बाराका अध्यक्ष बिनोद साहको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहको सञ्चालन जिल्ला सचिव अध्यानन्द पाण्डेले गर्नुभएको थियो ।

यूवालाई नेतृत्वामा लैजान एमालेले तल्लो तहबाटै वातावरण बनाइरहेको र त्यसको उदाहरण आगामी बैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनमा ३२ बर्षीय युवा सुहाङ नेम्वाङलाई अघि सारिएको बताउनु भयो । यूवालाई नेतृत्व दिन एमालेले सुरुवात गरिसकेको भन्दै उहाँले अव यो अभियानकै रुपमा अघि बढने जानकारी दिनुभयो । एमालेभित्र विचार र नीतिको कमी नभएको भन्दै जोस र जाँगर भएका यूवालाई पार्टीको नेतृत्व दिन एमाले आतुर रहेको पनि उहाँले बताउनु भयो ।

बरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकार निर्माण हुनुको खास कारण रहेको बताउनु भयो । एमालेलाई सिध्याउने रणनीतिका साथ बनेको अघिल्लो गठबन्धन आफ्नै बोझले ढलेपछि अहिलेको सत्ता समीकरण बनेको पोखरेलको भनाई छ । देश विकार र समृद्धिका लागि काँग्र्रेस बाधक बन्दा समस्या भएको पनि उहाँले प्रष्ट पार्नुभयो । हिजो केपी ओली प्रधानमन्त्री बन्दा अघि सारेका विकासका योजना पूरा गर्न पनि एमाले सरकारमा आउन जरुरी रहेको पोखरेलको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा एमालेले लिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा एमालले

प्रमुख अतिथी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीलाई बनाउने निर्णय

काठमाडौं, बैशाख ५ । नेकपा एमालेका जनसंगठनहरुको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ

कांग्रेसलाई भोट हाल्ने वामपन्थी होइनन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई वामपन्थी भन्नेहरू अहिले पनि कांग्रेलाई भोट

युवा नेता विश्वदीप माओवादि प्रबेश

युवा नेता विश्वदीप पाण्डेले पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) परित्यागको घोषणा गरि माओवादी केन्द्रमा प्रबेश

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई