घेराबन्दीका बाबजुद पनि समानुपातिकतर्फ सर्वाधिक मत ल्याएर एमाले जनताको रोजाइको पहिलो पार्टी बनेको छ : एमाले अध्यक्ष ओली
नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज देखी शुरु भएको छ । ।ललितपुरको गोदावरीस्थित सनराइज हलमा आज देखी सुरु भएको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घेराबन्दीका बाबजुद पनि समानुपातिकतर्फ सर्वाधिक मत ल्याएर एमाले जनताको रोजाइको पहिलो पार्टी बनेको बताउनु भएको छ । ओलीले ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
आजदेखि सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुनु आवश्यक छ भन्नुभयो ।