प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतद्धारा एमालेका दोस्रो तहका नेताको गतिबिधी बारे गम्भीर खुलाशा
वैशाख ९ । नेकपा एमालेको प्रथम महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आफूमाथि निषेध र प्रतिशोधको नीति लिइएको भन्दै पूर्वउपाध्यक्ष तथा अध्यक्षका प्रतिस्पर्धी नेता भीम रावलले दुःख व्यक्त गरेपछी नेकपा (एमाले)निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्ष गणेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई बदनाम गराउने योजनाअनुसार एमालेकै दोस्रो तहका नेताहरुले रावलको कार्ड नदिन भनेको हुनसक्ने भन्दै गम्भीर खुलाशा गर्नुभएको छ ।
कार्ड ब्यवस्थापन समितिले रावलको कार्ड नदिएपछि रावल महाधिवेशनमा सहभागी हुन गए पनि कार्यक्रम स्थलमै नपुगी घर फर्कनु भएको थियो । रावललाई कार्ड नदिएर एमाले अध्यक्ष कै बदनाम हुने भन्दै यस्तो हर्कत गरिएको एमाले कार्यकर्ताको बुझाइ रहेको छ भन्दै जनता टाईम्समा लेख्नु भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीकै रोजाइमा बस्नेत प्रेस चौतारी नेपालको अध्यक्ष दोहोर्याउनु भएको थियो । बस्नेत एमाले अध्यक्ष निकट मानिनु हुन्छ ।