बझाङबाट प्रदेश सभा सदस्यमा एमालेका दमन भण्डारीको रोमाञ्चक जीत


काठमाडौ । बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पराजित गर्दै भण्डारी निर्वाचित हुनुभएको हो ।

कडा टक्करको बिच भण्डारीले रोमाञ्चक जीत हात पार्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई २ सय ६६ मतान्तरले पराजित गर्दै उहाँले विजय प्राप्त गर्नुभएको हो ।

भण्डारीले ११ हजार ६ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको हो । कांग्रेसका सिंह ११ हजार ३ सय ४६ मत ल्याउनु भएको छ । निर्वाचनमा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ मत ल्याउनु भएको छ । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
किन सिरोहिया पक्राउ परे

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी

रास्वपा कायरहरूको पार्टी होइन: गृहमन्त्री लामिछाने

काठमाडौँ-उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेले आफ्ना पार्टी रास्वपा कायरहरूको पार्टी नभएको बताउनु भएको छ। आइतबार

सन्दिपले विश्वकप खेल्न

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने

अराजनीतिक प्रवृत्तिमा सुधार आवश्यकः महासचिव पोखरेल

१ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली समाजमा देखापरेको सामाजिक अराजकता

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई