सरकारले गठन गर्यो सहकारी समस्या समाधानका लागि समिति
काठमाडौं, बैशाख २१ । सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरेको हो ।