मिसन-८४ मार्फत् पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने छ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रूपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ।
एमाले पश्चिम नवलपरासीको नवौं जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उहाँले एमालेलाई राष्ट्रिय एवम् निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक छ भन्नुभयो।
अहिले नेकपा एमाले सरकारमा रहे पनि देशको निर्णायक तहमा नरहेको बताउँदै ओलीले मिसन ८४ मार्फत पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने दाबी गर्नुभयो ।