सडकमा ढलेर मर्न तयार छौँ, कसैसँग आत्मसमर्पण गर्दैनौँ : गणेश बस्नेत


काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सर्वोच्च अदालतको पछिल्लो निर्णय नेपाली प्रेस माथि अङ्कुश लगाउने खालको निर्णय भएको भन्दै त्यसलाई सच्याउन अनुरोध गर्नुभएको छ ।
शुक्रबार नेपाल पत्रकार महासंघको महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले न्यायालयले मेरा विरुद्ध कसैले आँखा ठड्यायो भने तेरा आँखा फुटाइदिन्छु भन्ने भाषा बोलेको बताउनुभयो । ‘हामी लड्न चाहँदैनौँ तर कसैका अगाडि सीर झुकाएर नेपाली प्रेसले आत्मसमर्पण गर्छ भनेर कसैले सोच्छ भने सडकमा ढलेर मर्न तयार छौँ तर छोड्न तयार छैनौँ’, उहाँले भन्नुभयो ।
आत्मविश्वास र घमण्डमा थोरै मात्र फरक हुने बताउँदै बस्नेतले न्यायालयलाई घमण्डका साथ होइन आत्मविश्वासका साथ काम गर्नु अनुरोध गर्नुभयो । ‘म गर्न सक्छु, यो मेरो विश्वास हो, मैले मात्र गर्न सक्छु, यो घमण्ड हो, न्यायालयले यो कुरा त्यागोस्’, उहाँले भन्नुभयो ।
नेपाली प्रेस हार्न र पराजित हुन जन्मिएको संस्था नभएको उहाँले प्रष्ट पार्नुभयो । नेपाली प्रेसलाई केही समयको लागि फुटाएर कमजोर पार्न सकिए पनि पराजित गर्न सकिँदैन भन्ने कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । राजा ज्ञानेन्द्रलाई समेत नेपाली प्रेसले यो पाठ सिकाएको उहाँले प्रष्ट पार्नुभयो ।
उहाँले नेपाल पत्रकार समहासंघलाई पनि महाधिवेशनले गरेको निर्णय र प्रतिबद्धता अनुसार काम गर्न आग्रह गर्नुभयो । प्रेस चौतारी नेपालले आफूले गरेको प्रतिबद्धता पुरा गरेको बताउँदै नेपाल पत्रकार महासंघलाई पनि प्रतिबद्धता पुरा गर्न उहाँले आग्रह गर्नुभयो । हिजो महेन्द्र विष्ट नेपाल पत्रकार महासंघको अध्यक्ष भएको बखत कुनै एउटा संगठन नेपाल पत्रकार महासंघको कार्यालयमा ताल लगाउन गए जस्तो प्रेस चौतारी नेपाल अहिले ताला लगाउन नआएको उहाँले स्मरण गराउनुभयो । यसलाई कमजोरी नठान्न उहाँले आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघलाई सबैको साझा संस्था बनाउनु पर्ने उहाँको सुझाव छ । धरातलीय यथार्थतालाई मूल्याङ्कन गरेर सबै संगठनहरुले एकताको साथ पत्रकार महासंघको छवि उच्चो बनाउन काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘नेपाल पत्रकार महासंघलाई आजको चुनौती सामना गर्न सक्ने साझा नेतृत्वको विकास गरेर जाऊँ’, उहाँले भन्नुभयो ।
उहाँले सरकार कता हुन्छ, कसको हुन्छ, को प्रधानमन्त्री हुन्छ भन्ने कुराको पछि नेपाली प्रेस र पत्रकार महासंघ लाग्नु नहुने बताउनुभयो । नेपाली प्रेसले अब गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्नको लागि र नेपालका राजनीतिक दलले बेला बेलामा बाटो बिराउँदा विगतमा नेपाली प्रेसले सही बाटोमा आउन बाटो देखाएको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । उहाँले मुलुकको आर्थिक अवस्था सुधार र साझा मुद्दामा एक भएर अघि बढ्न नेपालका राजनीतिक दललाई सुझाव पनि दिनुभयो । लडेर होइन सबै पत्रकार एकजुट भएर जानुपर्छ भन्ने सन्देश नेपाल पत्रकार महासंघले पनि दिनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘एकले अर्कालाई सिद्ध्याउने होइन, नेपाल पत्रकार महासंघमा साँच्चिकै नेपालको छवि देखिनु पर्छ, नेपाल पत्रकार महासंघमा सबै स‌ंगठनहरू अटाउनु पर्छ’, उहाँले भन्नुभयो ।
बस्नेतले नेपाली प्रेसले विदेशी प्रधानमन्त्री र राष्ट्रपतिलाई पुज्ने तर नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई अपमान गर्ने शैली अपनाएको प्रति उहाँले आत्मालोचना गर्नुभयो । यसलाई सबै नेपाली पत्रकारले त्याग्नु पर्ने उहाँले बताउनुभयो ।
हिजो केपी ओलीले ठुला ठुला राष्ट्रिय गौरवका योजना सुरु गर्दा प्रेसले गाली गर्ने काम मात्र गरेको उहाँले बताउनुभयो । केपी ओलीले शिलान्यास गरेका तिनै योजना अहिलेका प्रधानमन्त्रीले उद्घाटन गर्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । त्यस बेला नेपाली प्रेसले केपी ओली माथि अन्याय गरेको बस्नेतले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ

काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ

चाड पर्वका माध्यमबाट हामीले हाम्रो संस्कृतिलाई मजबुत बनाउनु पर्दछ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका सांस्कृतिक पर्वले देशलाई एकताबद्ध बनाउन सहयोग गरेका

पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया

बडादशैंको महत्व झनै बढेर गएको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, असोज २५ । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले बडादशैं पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई