उपेन्द्र यादवले सरकार ढाल्न खोजेपछि जसपा फुट्यो, अशोक राईको नेतृत्वमा नयाँ पार्टी
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको एक नेताले बताउनुभयो ।
१२ सांसद रहेको पार्टीमा विभाजनको पक्षमा सात जना सांसद छन जसमा सांसदहरूमा अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान हुनुहुन्छ ।
मन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेपछी नयाँ पार्टी नै गठन गरेको दाबी गर्नुभएको छ ।