एमालेमा बसेर एमालेकै नकारात्मक प्रचार गर्नेको हिसाबकिताब गर्ने अध्यक्ष ओलीको कडा चेतावनी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले भित्र बसेर एमालेकै नकारात्मक प्रचार गर्नेको हिसाबकिताब गर्ने बताउनु भएको छ । नेकपा एमालेको प्रचार तथा प्रकाशन विभागको बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले उक्त कुरा बताउनु भएको हो ।
ओलीले भन्नुभयो ‘पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालबाट वा सञ्चार माध्यमबाट नेताको बदख्वाँई गर्ने,पार्टीलाई बदनामी गर्ने काम अब क्षम्य हुदैन,एमाले भित्र बसेर एमालेकै नकारात्मक प्रचार गर्नेको हिसाबकिताब हुन्छ । सबै नेता कार्यकर्ताले अनुशासनमा बस्नुपर्दछ ।’सही सुचना दिनुहोस,सही विष्लेषण गर्नुहोस । तपाईंहरुले प्रवाह गरेका विषयवश्तुले आम मानिसले एमालेप्रतिको धारणा सकारात्मक बनाउने हुन् । ’