कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त ,शपथ दिउँसो ४ बजे
विराटनगर, २७ वैशाख । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । कार्कीको शपथ ग्रहण आज दिउँसो ४ बजे हुने भएको छ ।एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री नियुक्त हुनु भएको
हो
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो।