केपी शर्मा ओली : नेपालको राजनीतिक आकाशका चील



योगेन्द्र ढकाल
एक पूर्वराजदूतको आँखामा अध्यक्ष केपी शर्मा ओली
हामीले नेपालको राजनीतिक आकाशमा अनगिन्ती चराहरू उडिरहेका देख्दछौँ । तर ती सबै चराहरू चील होइनन् । क्षमता र विशेषताको दृष्टिबाट चील अरू चराहरूबाट भिन्न र अतुलनीय हुन्छ । धेरै उचाइबाटै आफ्नो आहारा चिन्न सक्ने र सफलतापूर्वक त्यसको सिकार गर्न सक्ने विशिष्ट क्षमताका कारण अरू चराहरूभन्दा चील भिन्न हुन्छ । अध्यक्ष केपी शर्मा ओली नेपालको राजनीतिक आकाशको त्यस्तै एउटा चील हुनुहुन्छ । धेरै उचाइबाट देश, जनता र पार्टीको आवश्यकतालाई अचुकरूपले चिन्न सक्ने र तिनको परिपूर्तिको निमित्त कार्यक्रम र योजना निर्धारण गर्ने क्षमताद्वारा लैश हुनुहुन्छ ।
अध्यक्ष केपी शर्मा ओली कुनै पनि परिस्थितिमा सहीदिशा पत्ता लगाउन, सामयिक घटनाहरूको भित्री सम्बन्धलाई ठीकसित बुझ्न, घटनाक्रमलाई पहिले नै बुझ्न, घटनाहरू कसरी र कुन दिशातिर विकसित हुँदैछन् आदि कुराहरूलाई अब्बल ढङ्गले बुझ्न सक्षम हुनुहुन्छ ।
त्यस्तै, अध्यक्ष केपी शर्मा ओली पार्टीलाई सच्चा जनपार्टी बनाउन, आम जनतासित पार्टीको व्यापक र गहिरो सम्बन्ध कायम गर्न तथा त्यसलाई निरन्तर मजबूत पार्न; जनताको गुनासो सुन्न र तिनका आवश्यकताहरूलाई उनीहरूकै घरदैलोमा गएर बुझ्न; जनतालाई सिकाउने मात्र नभइ, उनीहरूबाट सिक्न पनि तयार हुनुपर्छ भन्ने कुरामा दृढ हुनुहुन्छ ।
अध्यक्ष केपी शर्मा ओली देश, जनता र पार्टीको हितलाई भित्रभित्रै खोक्रो बनाउने पार्टीभित्रका धमिराहरूलाई समयमै पहिचान गरेर तिनीहरूका विरुद्ध निर्ममढङ्गले सङ्घर्ष गर्नुपर्ने कुराप्रति परिदृढ हुन्छ ।
अध्यक्ष केपी शर्मा ओलीको यही चीलीय क्षमताका कारण आज नेकपा (एमाले) सङ्कल्प–एकता र कार्य–एकताको प्रतीक बनेको छ । उहाँको नेतृत्वअन्तर्गत पार्टीमा एउटा मजबूत साझा केन्द्र, सङ्कल्प एकता र लडाकु अनुशासन कायम भएको छ । त्यसकै परिणाम हो आन्तरिक तथा बाह्य घेराबन्दीको बाबजूद पार्टी आज एकढिक्का भएर जनताको पार्टीको रूपमा स्थापित भएको छ ।
संसदीय अभ्यासका कतिपय मोडहरूमा नेकपा (एमाले) इतर राजनीतिक दलहरूले गठबन्धन निर्माण गरेर अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पारेका छन् । परिणामले तिनीहरूको यो विजय स्थाई हुन सक्दैन भन्ने कुरा प्रमाणित गरिसकेको छ । यससम्बन्धमा म इवान क्राइलोभको ‘चील र कुखुराको कथा’ बाट यो एउटा अंश यहाँ उदृत गर्न चाहन्छु । त्यसमा उनले लेखेका छन् : “कहिलेकाहीँ चील कुखुराभन्दा तल उड्न सक्छ तर कुखुरा कहिल्यै चीलको उचाइमा उड्न सक्दैन ।”
नेपालको वर्तमान राजनीतिक परिदृश्यको सम्बन्धमा इवान क्राइलोभको माथिको भनाइलाई यसरी राख्न सकिन्छ : नेपालको राजनीतिक आकाशका अरू चराहरू छलछाम गरेर कहिलेकाही अध्यक्ष केपी शर्मा ओलीभन्दा माथि उडे पनि तिनीहरू कहिल्यै उहाँको उचाइमा उड्न सक्ने छैनन् ।

(अष्ट्रेलियाका लागि राजदूतसमेत बनिसकेका ढकालका दर्जनौं मार्क्सवादी दर्शन सम्बन्धि पुस्तकहरु प्रकाशित छन् ।)

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण

उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज

नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरु नडुब्ने र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई