अनेरास्ववियुले आजदेखी काठमाडौंमा आयोजना गर्ने ‘बिद्यार्थी महोत्सव’ को तयारी पुरा


 

काठमाडौँ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आजदेखी काठमाडौंमा आयोजना गर्ने ‘बिद्यार्थी महोत्सव’ को तयारी पुरा भएको छ ।
हिजो आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारी सबै पुरा भएको अनेरास्ववियुका अध्यक्ष समिक वडालले जानकारी दिनुभयो ।
उहाँले विद्यार्थीलाई स्वदेशमै पढेर केही गर्न सकिन्छ भन्ने जानकारी गराउन महोत्सव गर्न थालिएको बताउनुभयो ।
काठमाडौँको भृकुटीमण्डपमा जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
युवा विद्यार्थीलाई मातृभूमिप्रति प्रेम र स्नेह जगाउँदै ‘नेपालमै पढ्छु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ का माध्यमबाट एउटा नयाँ जागरण ल्याउने प्रयत्न गर्ने उहाँले बताउनुभयो । अध्यक्ष बडालले विद्यार्थी महोत्सवमा विद्यार्थीलाई नेपालको शिक्षा प्रणालीको बारेमा जानकारी गराउनुका साथै शिक्षा प्रणाली सुधार गर्न के के आवश्यक छ भनेर सुझाव दिने बताउनुभयो ।
उहाँले विद्यार्थी महोत्सवबाट बचेको पाँच प्रतिशत रकम गरिव, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका लागि दिइने घोषणा गर्नुभयो ।
नेपालको विद्यार्थी आन्दोलनको इतिहासमा यो कार्यक्रम सवैभन्दा ठूलो शैक्षिक महोत्सव हुने विश्वास गरिएको छ ।
महोत्सवमा प्रत्यक्ष परियोजनाहरू, .लाइभ म्युजिक, करियर काउन्सिलिङ, बहस र संवाद, सातवटै प्रदेश झल्कने खालका सांस्कृतिक कार्यक्रम, रक्तदान तथा स्वास्थ्य शिविर, .फुड स्टल, ई–गेमिङ्ग प्रतियोगिता, रोवोटिक्स, पर्यटन भिजन, विश्वविद्यालय जानकारी, कानूनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता,.चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण कार्यक्रम गरिने छ ।
यस्तै विद्यार्थी महोत्सवमा सामूहिक छलफल समेत हुने छ । विद्यार्थी आन्दोलनको छ दशक र अवको कार्यभार, शिक्षा प्रणालीको पोलिटिकल इन्जिनियरिङ कस्तो ?, कसरी सम्भव छ राजनीतिक स्थायित्व ?, बदलिँदो भूराजनीति र नेपाल, विश्वविद्यालय सुधार किन र कसरी ?, युवा विद्यार्थी पलायनको अर्थराजनीतिक आयाम लगायतका बिषयमा नेपालका राजनीतिक दलका नेताबीच सामूहिक छलफल हुने छ ।
विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसंग जोड्न र नेपालको शैक्षिक प्रणाली तथा त्यसमा सुधार गर्नुपर्ने पक्षका बारेमा सामूहिक छलफल गरी आएका निष्कर्षलाई सरकार र सम्बन्धित निकायलाई सुझाव दिने अध्यक्ष बडालले बताउनुभयो ।
‘विद्यार्थी महोत्सव’बाट विदेशमा होइन नेपालमै उत्कृष्ट गुणस्तरीय शिक्षा छ र नेपालको शिक्षाबाट नै केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेका उहाँले बताउनुभयो ।
विद्यार्थी महोत्सवका संयोजक धर्म गिरीका अनुसार महोत्सवमा १५० भन्दा बढी शैक्षिक स्टल राखिने छन् ।
‘विद्यार्थी महोत्सव’मा विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्नका लागि लाइभ म्युजिक कार्यक्रम समेत राखिएको छ । जोन एण्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थ जस्ता चर्चित ब्याण्डका कलाकारहरुले प्रत्येक दिन दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म साङ्गीतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गर्नुहुने छ ।
महोत्सवमा देशभरिबाट करिव एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस  
किन सिरोहिया पक्राउ परे

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी

रास्वपा कायरहरूको पार्टी होइन: गृहमन्त्री लामिछाने

काठमाडौँ-उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेले आफ्ना पार्टी रास्वपा कायरहरूको पार्टी नभएको बताउनु भएको छ। आइतबार

सन्दिपले विश्वकप खेल्न

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने

अराजनीतिक प्रवृत्तिमा सुधार आवश्यकः महासचिव पोखरेल

१ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली समाजमा देखापरेको सामाजिक अराजकता

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई