अराजनीतिक प्रवृत्तिमा सुधार आवश्यकः महासचिव पोखरेल


१ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली समाजमा देखापरेको सामाजिक अराजकता र अनुशासन हीनताले समाजलाई गलत बाटोतर्फ डोर्याइरहेको बताउनुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भृकुटीमण्डपमा आजदेखि सुरु गरेको विद्यार्थी महोत्सवको ‘शिक्षा प्रणालीको पोलिटिकल इञ्जिनियरिङ’ विषयक प्यानल डिस्कसनमा बोल्दै महासचिव पोखरेलले सामाजिक अराजकताले अवसरवाद जन्मिएको प्रष्ट पार्नुभयो ।  उहाँले भन्नुभयो– समाजलाई अघि बढाउने हो भने नीतिगत नेतृत्वको खाँचो पर्दछ ।
नेपालको शिक्षामा जागरण र जागृति ल्याउने काम सचेत र जागरूक राजनीतिकर्मीले नै गरेको बताउँदै महासचिव पोखरेलले आज जति प्रतिष्ठित विद्यालय र क्याम्पस छन्, तिनका स्थापना र सञ्चालनकर्ता राजनीतिक रूपमा सचेत र जागरूक व्यक्ति नै भएको प्रष्ट पार्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो– आज शिक्षामा जुन प्रकारका समस्या देखापरेका छन्, त्यो राजनीतिका कारणले नभएर राजनीतिलाई सही बाटोमा हिँडाउन नसकेका कारणले उत्पन्न भएको समस्या हो भन्ने कुरा बुझ्न सक्दा अहिले जुन प्रकारको अराजनीतिक प्रवृत्ति बढेको छ त्यसमा सुधार गर्न सकिन्छ ।
गहिरो अध्ययन बिना समाजलाई सही बाटोमा डोर्याउन नसकिने स्पष्ट पार्दै यसका लागि पठन संस्कृति विकास हुनुपर्नेमा उहाँले जोड दिनुभयो । महासचिव पोखरेलले– ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पुरा गर्न पनि गहिरो अध्ययन र प्रशिक्षण आवश्यक छ ।
सबै राजनीतिक दल निश्चित विधिबाट निर्देशित हुने बताउँदै  नयाँ बनेका दल पनि स्वाभाविक रूपमा आफ्नो नीति र विधिबाट अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो । महासचिव पोखरेलले मौलिक अधिकारको दृष्टिले नेपालको संविधान राम्रो भए पनि राज्य कमजोर हुँदा संविधानले प्रदान गरेको अधिकार स्थापित हुन नसकेको र यसले समाजमा असन्तुष्टि बढेको धारणा राख्नुभयो ।
राज्य सत्ताको माध्यमबाट नागरिकको आर्थिक, सामाजिक अधिकार स्थापित गर्ने काममा सबै लाग्दा नागरिकको असन्तुष्टि घट्ने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण

उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज

नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरु नडुब्ने र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई