दुई सय ४७ वर्षदेखि नेपालमा कायम रहेको राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन : पूर्वराष्ट्रपति भण्डारी


काठमाडौं, जेठ १५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १७औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन ।

उहाँले शुभकामना सन्देशमार्फत नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ अमूल्य जीवन उत्सर्ग गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गर्नुभएको छ । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी जनसमुदाय, नागरिक समाज एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्नुपर्ने बताउनु भएको छ ।

‘विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४७ वर्षदेखि नेपालमा कायम रहेको राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ’, पूर्वराष्ट्रपति भण्डारीको सन्देशमा भनिएको छ ।

उहाँले कुनै पनि शासन प्रणालीको सफलता वा असफलतालाई त्यसले प्रवाह गर्ने सेवाको गुणात्मकता र त्यसलाई सञ्चालन गर्ने पात्र र प्रवृत्तिले निर्धारण गर्ने भएको छ । तसर्थ, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्ने सन्देशमा उल्लेख छ ।

पूर्वराष्ट्रपति भण्डारीले नेपालको संविधानले जनताका आधारभूत अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरिसकेको सन्दर्भमा तिनको व्यावहारिक कार्यान्वयनमार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तनको अनुभूति हुने परिस्थितिको निर्माण गर्न सकेमा मात्र गणतान्त्रिक शासन प्रणालीप्रति जनविश्वास आर्जन सकिने बताउनु भयो ।

उहाँले ऐतिहासिक दिवसले संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको विकासमार्फत सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि हासिल गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाक्षा पूरा गर्ने दिशातर्फ अग्रसर हुन हामी सबैमा उत्साह प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देश

१७औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।

नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ अमूल्य जीवन उत्सर्ग गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी जनसमुदाय‚ नागरिक समाज एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्दछु ।

वि.सं. २०६५ साल ज्येष्ठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो वैठकद्वारा २४७ वर्षदेखि नेपालमा कायम रहेको राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं ।

कुनै पनि शासन प्रणालीको सफलता वा असफलतालाई त्यसले प्रवाह गर्ने सेवाको गुणात्मकता र त्यसलाई सञ्चालन गर्ने पात्र र प्रवृत्तिले निर्धारण गर्दछ । तसर्थ, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दूमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्दछ ।

नेपालको संविधानले जनताका आधारभूत अधिकारहरूलाई मौलिक हकका रूपमा सुनिश्चित गरिसकेको सन्दर्भमा तिनको व्यवहारिक कार्यान्वयन मार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तनको अनुभूति हुने परिस्थितिको निर्माण गर्न सकेमा मात्र गणतान्त्रिक शासन प्रणालीप्रति जनविश्वास आर्जन गर्न सकिन्छ ।

अन्तमा‚ आजको यस ऐतिहासिक दिवसले संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको विकासमार्फत सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि हासिल गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशातर्फ अग्रसर हुन हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु ।
धन्यवाद ।

२०८१ जेठ १५ गते मङ्गलबार ।

प्रतिक्रिया दिनुहोस  
खेलकूद महासङ्घको बैठक तथा प्रशिक्षण

५ असार (२०८१), काठमाडौं । नेपाल खेलकुद महासंघ स्थायी कमिटी बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम

एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौलाको निरौला प्यानल नै बिजय

काठमाडौं, जेठ २९ । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित हुनुभएको छ । सातौं

एमाले उद्योग व्यवसाय जिल्ला कमिटी अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं, २९ जेठ । नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अध्यक्षमा गोविन्दप्रसाद घिमिरे निर्वाचित

काठमाडौंको अध्यक्षमा दिपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुदै आज उम्मेदवारको दर्ता

काठमाडौं । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुने भनिएपनी पनि

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई