हाम्रो विकास र समृद्धिको बाटोमा किन पटक पटक काँडा भेटिन्छ :सुहाङ नेम्वाङ


काठमाडौं । इलाम क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले मंगलबार प्रतिनिधि सभा बैठकमा पहिलो मन्तव्य राख्नु भएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सुहाङले पिता सुवास नेम्वाङको झल्को दिने खालको मन्तव्य राख्नुभयो । बजेट माथिको छलफलमा भाग लिएर बोल्ने क्रममा सुहाङले न कसैलाई गाली गर्नुभयो न कसैलाई बुईमा नै बोकेर हिँड्ने कुरा गर्नुभयो । बैठकमा उहाँले सन्तुलित विचार राख्नुभयो ।

सम्बोधनको सुरुमा उहाँले रत्न बान्तवा लगायतका ज्ञात अज्ञात सहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले इलामवासी मतदाता प्रति आभार व्यक्त गर्नुभयो । पार्टीबाट टिकट दिएर पठाउने पार्टी अध्यक्ष र सहयोग गर्ने दल, पार्टीका नेता कार्यकर्तालाई उहाँले धन्यवाद दिनुभयो ।

बोल्ने क्रममा सुहाङले पिता सुवास नेम्वाङ संसद् भवन भित्र कतै हुनुहुन्छ जस्तो लागेको भन्दै सबैलाई भावुक बनाएर उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

हरेक राम्रा कुराको पछाडि केही नराम्रा कुरा पनि हुने, उज्यालोसँग छाया पनि हुने बताउँदै बजेटमा पनि राम्रा पक्षसँगै केही कमजोर पक्ष पनि हुनसक्ने उहाँले बताउनुभयो । ‘उज्यालोलाई बोकेर छुटेकालाई सुधा गर्ने तर्फ हाम्रो बहस र सुझाव केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ’, सुहाङले भन्नुभयो ।

बजेट देशको एक वर्षको योजना र कार्यक्रम भएकोले यस विषयमा निक्कै गम्भीर हुनुपर्ने उहाँले धारणा राख्नुभयो । ‘यो सरकारको घोषणापत्र पनि हो, तसर्थ बजेट यथार्थमा आधारित हुनुपर्छ’, उहाँले भन्नुभयो ।

आफू नयाँ सांसद् भएकोले जनताहरूको आफूहरू प्रतिको आशा, विश्वास र भरोसा पनि आलो नै भएको बताउनुभयो । ‘जनताको आशा, अपेक्षा माग र आक्रोस भर्खरै सुनेर आएको छु’, उहाँले भन्नुभयो ।

आफू युवा पनि भएकोले युवाको परिवर्तनको हुटहुटी आफूमा भएको सुहाङले बताउनुभयो । युवाका चाहना र समस्यालाई पनि नजिकबाट छामेको उहाँले स्पष्ट पार्नुभयो । जनताको आशा, अपेक्षा र माग सम्बोधन गर्ने गरी बजेट बन्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

हरेक वर्षको बजेट सुन्दा अब देश बन्छ भन्ने आशा जनतामा जाग्ने उहाँले बताउनुभयो । तर एक वर्ष पछि हेर्दा अवस्था उही हुने गरेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

विकासको यात्राको तयारीमा समस्या कहाँ छ भन्ने कुराको निर्मम समीक्षा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यान्वयनका चरणमा कहाँनेर समस्या छ भन्ने कुरा पहिचान गर्नुपर्ने सुहाङले सुझाव राख्नुभयो । ‘विकासको बाधक को–को हो, हाम्रो विकास र समृद्धिको बाटोमा किन पटक पटक काँडा भेटिन्छ, समृद्धिको यात्रामा अघि बढेका पाइलामा किन घरी घरी चोट मात्रै लाग्छ, बाटोका अवरोध पन्छाउने तर्फ अब हाम्रो ध्यान जाने हो कि ?’, उहाँले भन्नुभयो ।

समस्या भ्रष्टाचार हो कि, संरचनागत त्रुटि हो वा राजनीतिक अस्थिरता हो भन्ने कुराको समीक्षा गर्नुपर्ने उहाँले बताउनुभयो । प्राकृतिक हिसाबले नेपाल सम्पन्न रहेको, जनता तीव्र परिवर्तनको पक्षमा रहेको, देश युवा काल बाँचिरहेको, परिवर्तनको सङ्कल्प, संविधान, राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिबद्धता हुँदा पनि यात्रा किन अघि बढिरहेको छैन ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

जनताले विकास मागिरहेका भए पनि पर्याप्त बजेट नजाने, गए पनि बलिया संरचना नबन्ने समस्या बारम्बार दोहोरिने घटनाप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । यसको कारण सुशासनको अभाव भएको हो कि ? भन्दै सुहाङले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
मिस इन्फरमेसन, डिसइफरमेसन, डिक फेक र फेक न्युजहरूले दल र दलका नेतालाई प्रहार गरिनु दुखद : उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताउनुभएको छ ।

कुनै दल फुुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुुपर्ने आवश्यकता भए पनि

विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत

काठमाडौँ, २८ पुस । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम

हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी

काठमाडौं, पुस २६ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई