काठमाडौंको अध्यक्षमा दिपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुदै आज उम्मेदवारको दर्ता
काठमाडौं । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुने भनिएपनी पनि दिपक निरौला कमजोर देखिएपछी प्रतिस्पर्धा रोकेर माथिल्लो तहबाटै नेतृत्वमा सर्वसम्मत गराउने लबिङ भइरहेको छ । काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यलाई सर्वसम्मतरुपमा अध्यक्ष बनाउन केही नेताले पहल थालेका भएपनी शाक्यले खासै रूची देखाएका छैनन ।
काठमाडौंको अध्यक्षका लागि निवर्तमान अध्यक्ष निरौला फेरि दोहोरिन खोजेका खोजेपनी निरौलालाई काठमाडौं महानगरपालिका कमिटीको अध्यक्षबाट भर्खरै विदा भएका निर्मल देउलाले कडा चुनौति दिएपछी निरौला कमजोर बन्दै गएका छन ।
एमाले नेताहरुका अनुसार देउलालाई कृष्णगोपाल श्रेष्ठ,विद्या सुन्दर शाक्य,सुरेन्द्र मानन्धर,अजय क्रान्ति शाक्य,रामेश्वर फुयाल लगायतका बलिया नेताहरूको साथ रहेको छ भने निरौलालाई सरिता न्यौपानेको मात्रा साथ देखिएको छ ।
काठमाडौंको रैथाने नेवार समुदायलाई नेतृत्वमा अघि नल्याएसम्म एमालेले चुनावमा राम्रो प्रदर्शन नगर्ने भन्दै एमाले अध्यक्षले केही समय अगाडि ताप्लेजुङ बाट आएर काठमाडौंको राजनीति नहुने बताउनु भएको थियो ।
निरौलाले काठमाडौंको नेत्रुत्व लिएपछी स्थानिय लगायत सम्सदिय चुनाव हारेको र एमालेको संगठन कमजोर भएको भन्दै कार्यकर्ता चिढिएका छन । देउला कार्यकर्तामा लोकप्रिय छन । काठमाडौं क्षेत्र -४ को वडा ८ निवासी देउला लामो समय देखि तत्कालीन नेकपा एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव रहेका थिए । गत निर्वाचनमा काठमाडौं क्षेत्र -४ को संयोजक रहेका देउला सालिन र कृयाशिल नेताका रूपमा चिनिन्छन। पार्टी संगठनको तल्लो तह देखि सकृय रहदै महानगर अध्यक्ष हुँदै अहिले काठमाडौंको अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन ।