एमाले उद्योग व्यवसाय जिल्ला कमिटी अध्यक्षमा घिमिरे निर्वाचित
काठमाडौं, २९ जेठ । नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अध्यक्षमा गोविन्दप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ ।
कमिटीको दोस्रो जिल्ला अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो ।यसैगरी उपाध्यक्षमा माधव भट्टराईले १०८ मत ल्याएर विजयी हुनु भएको छ । उनका प्रतिष्पर्धी राजेन्द्र सापकोटाले ६५ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी त्यसै दुईजना प्रतिष्पर्धीलाई पराजित गर्दै उपसचिवमा जीवन थापा निर्वाचित हुनुभयो भने उपसचिवमै मलिसा लिम्बू निर्विरोध निर्वाचित हुँदा सचिवमा भने प्रतिष्पर्धी रोहन गुरुङलाई फराकिलो मतान्तरले परािजत गर्दै राजेन्द्र भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले १२४ मत ल्याउँदा गुरुङले ५० मत मात्र प्राप्त गर्नुभएको छ ।
खुला सदस्यमा रण बहादुर खडका ले ९२ र नरेश गेलालले ४८ मत ल्याएर बिजय हुनु भएको छ ।