एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौलाको निरौला प्यानल नै बिजय


काठमाडौं, जेठ २९ । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित हुनुभएको छ । सातौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा ३ सय ७० मत प्राप्त गरी निरौला दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गर्नुभएको छ । अधिवेशन आयोजक कमिटीका सदस्य सरस्वति गौतमले दिनुभएको जानकारी अनुसार निरौला १७९ मतको अन्तरले अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै जिल्ला उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिवमा उद्धव भण्डारी निर्वाचित हुनुभएको छ ।

यसैगरी उपसचिव महिलातर्फ विन्दु महर्जन सर्वसम्मत निर्वाचित हुनुभएको छ । यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध भएको थियो । ९५ पदका लागि निर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस  
कमजोर राज्यमा नागरिक बलिया बन्न सक्दैनन् : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका

सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका छन ः प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र

एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उहाँ माथि आक्रमण भइरहेको छ ः सुनिता डङ्गोल

  काठमाडौं । काठमाडौं उपमहानगरपालिका उप प्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय

अब नेपाल अगाडि बढ्यो बढ्यो, यसको ग्यारेन्टी हामी गर्छाैँ : केपी शर्मा ओली

आज हाम्रो पार्टीले ७६ वर्ष पूरा गरेर ७७ औं वर्षमा प्रवेश गर्दैछ । हामीले संघर्षका,

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई