योगलाई कुनै एक धर्म सँग जोडन हुँदैन : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगलाई कुनै एक धर्म सँग जोडन नहुने बताउनु भएको छ । अन्तराष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताउनु भएको हो ।

आफ्नो परिवार, छिमेकी र सिङ्गो मानव समुदायको लागि मस्तिष्कको सदुपयोग हुनु प्रमुख कुरा भएको बताउनुभयो । शरीर र मस्तिष्क स्वास्थ्य रहनु एउटा कुरा र त्यसको सदुपयोग हुनु अर्को कुरा भएको ओलीले भन्नुभयो ।

योगले शारीरिक, मानसिक स्वच्छताको साथै आचरण, व्यवहार र क्रिया–कर्मको समेत स्वच्छता र पवित्रताको मार्गदर्शन गर्ने उहाँको धारणा छ । ‘तसर्थ योग कसैलाई चाहिने, कसैलाई नचाहिने होइन, यो सबै मानव जातिको साझा सम्पत्ति हो’, ओलीले भन्नुभयो ।
योगको सार अहिंसा, सत्य धारण र शरीरको नियन्त्रण भएको उहाँले बताउनुभयो । योगले अक्सिजनलाई मस्तिष्कमा पुर्‍याएर मानिसलाई तन्दुरुस्त बनाउने ओलीले प्रष्ट पार्नुभयो । ‘निरोगी समाज निर्माण गर्नु छ भने योग अपरिहार्य छ’, उहाँले भन्नुभयो ।
मानिसलाई स्वास्थ्य जीवन जिउन र असल कर्म गर्न सिकाउने कुरा योग हो भन्ने कुरा बुझ्नु पर्नेमा उहाँले जोड दिनुभयो । योगमा गलत कुरा र स्वार्थ मिसिनु नहुने उहाँले प्रष्ट पार्नुभयो । सङ्कीर्ण र समूहगत स्वार्थ योगमा मिसिनु नहुने उहाँले बताउनुभयो । योगले मानिसलाई कुबाटोबाट सही बाटोमा, गलत विचारबाट सही बिचारमा ल्याउनु पने ओलीले धारणा राख्नु भयो ।
योग सद् विचार र सत्कर्मको संयोग भएको उहाँले बताउनुभयो । योगले समाजका लागि उपयोगी मान्छे बनाउनु पर्ने ओलीको धारणा छ । योग मानव समुदायलाई परलोक भन्दा सुन्दर बनाउने उपाय भएको उहाँले बताउनुभयो ।
उहाँले सजिलोसँग योग सिक्न र नराम्रा काम होइन राम्रा काम गर्नुपर्ने बताउनुभयो । योगले पहिला सूत्र नै अनुशासनमा बस्न भनेको उहाँले स्मरण गराउनुभयो । आफू र विश्व मानव समुदायलाई राम्रो काम र राम्रो विचार योगले मात्र दिने ओलीले स्पष्ट पार्नुभयो ।
ध्यान शिवको पालादेखि नै भए पनि बुद्धको पालामा आएर यसले विशेष महत्त्व पाएको उहाँले बताउनुभयो । योग र ध्यान एक आपसमा जोडिएका ओलीको धारणा छ ।

प्रतिक्रिया दिनुहोस  
प्रधानमन्त्री ओलीलाई संसद्‌मा दुई तिहाइको विश्वास

  काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाई बहुमतको विश्वास प्राप्त गर्नुभएको छ।आइतबारको प्रतिनिधिसभा

एमाले प्रवेशको लहर

अन्जनीकुमार अधिकारी/उदयपुर । पछिल्लो समय उदयपुरमा नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको छ । मुलुकको

कांग्रेस–एमाले गठबन्धन तलमाथि हुन्न, यस्को विकल्प पनि छैन : उपप्रधानमन्त्री पौडेल

  काठमाडौं, साउन ४ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेबीच

सञ्चार क्षेत्रमा गर्नुपर्ने कामको सूचीसहित एमाले प्रचार बिभागले सञ्चारमन्त्री गुरुङलाई दियो ३० बुँदे सुझाव

  काठमाडौं, साउन २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई नेकपा एमाले केन्द्रीय प्रचार

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई