अनेरास्ववियु देशव्यापी प्रचार यात्रामा निस्कियो


८ असार, (२०८१), झापा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) देशव्यापी प्रचार यात्रामा निस्किएको छ ।
प्रचार यात्रा अभियान कोशी प्रदेशबाट शुरू भएको छ । यसक्रममा अनेरास्ववियु कोशी प्रदेश कमिटीको आयोजनामा दुई दिने प्रचार भेला आयोजना गरेको छ ।
भेलाको उद्घाटनपछि सम्बोधन गर्दै नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमख भानुभक्त ढकालले पार्टीले अगाडि सारेको मिसन–२०८४ देशको भविष्यसँग गाँसिएको विषय भएको बताउनुभयो ।
स्थायी कमिटी सदस्य ढकालले २०८४ मा हुने निर्वाचन एमालेले विजय प्राप्त गर्ने÷नगर्ने विषयमात्र नभएको स्पष्ट गर्नुभयो ।
देशको विकास र समृद्धि अबको कार्यभार भएकाले फेरि पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर देशको विकासमा कायापलट ल्याउनुपर्छ भन्ने ढङ्गले सिङ्गो पार्टीपङ्ती लागिरहेको उहाँले बताउनुभयो ।
अहिले नेपालमा जतिवटा पार्टी भए पनि क्रमशः देशको राजनीति दुई ध्रूबमा विभाजित हुने बताउँदै नेता ढकालले कम्युनिष्ट शक्तिको नेतृत्व अब एमालेले गर्ने र अर्को ध्रूबको नेतृत्व नेपाली कांग्रेसले गर्ने स्पष्ट पार्नुभयो ।
उहाँले नेपाली युवा सबै विदेश गइसके, देशमा युवा बाँकी नै छैनन् भन्ने गलत प्रचार भइरहेको हुँदा त्यस्ता गलत प्रचारप्रति सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले देशमा युवाहरू रहेका र राजनीतिमा सक्रिय रहेको भन्दै राष्ट्रिय युवा संघ र अनेरास्ववियुले आयोजना गर्ने कार्यक्रम हेर्दा उत्साही युवाहरू देख्न पाइने बताउनुभयो ।
बदलिँदो परिस्थितिमा विद्यार्थीहरू बन्द हडतालमा होइन, सिर्जनात्मक काममा लाग्नुपर्छ भन्ने सन्देश अनेरास्ववियुले दिएको उहाँले बताउनुभयो । एमाले र एमालेका जनसंगठन मुलुक निर्माणको काममा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । युवालाई पार्टीमा जोड्ने कामलाई अभियानका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
राजनीति समाजसेवाको जटिल काम भएकाले सबै मानिसले राजनीति गर्न नसक्ने चर्चा गर्दै आज राजनीतिका बारेमा गरिएको गलत प्रचारले योग्य र सक्षम मानिसहरू राजनीतिमा नआउने खतरा रहेको नेता ढकालले बताउनुभयो । यस्तो परिस्थितिमा असक्षम मानिसहरू राजनीतिमा आए भने देशको भविष्य बरबाद हुने उहाँको भनाइ छ ।
भेलामा पार्टीका पोलिटब्युरो सदस्य विशाल भट्टराईले एमालेका विरुद्ध आज पनि अनेक खालका दुष्प्रचार भइरहेको भन्दै पार्टी विरुद्धका सबै गलत प्रचारलाई एमालेपङ्ती र त्यसका जनसङ्गठनले तोड्नुपर्ने बताउनुभयो ।
अहिले सबै ठूला पार्टीहरू उस्तै हुन् भन्ने गलत भाष्य निर्माण गर्न खोजिनु एमालेप्रतिको अन्याय भएको बताउँदै उहाँले विरोध र आलोचनाबाट डराउन नहुने बताउनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सरकारमा रहेको समयमा भएका विकासका काम र राष्ट्रिय हितका विषयमा लिएको अडान स्मरण गर्दै उहाँले अध्यक्ष ओलीको नेतृत्वमा बहुमतसहित एमालेलाई सत्तामा नपु‍र्याएसम्म देश नबन्ने प्रष्ट पार्नुभयो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्ल, अनेरास्ववियुका अध्यक्ष समीक बडाल, केन्द्रीय सदस्य दीपक कार्की, झापा जिल्ला अध्यक्ष प्रेम गिरी लगायतले प्रचार कामको महत्वका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष शिव ढुङ्गेल, अनेरास्ववियुका केन्द्रीय सचिव मनोज ताम्लीसहित अन्य सचिव, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, आयोग सदस्य, विभाग सचिवहरूको पनि उपस्थिति रहेको थियो ।
भूगोलका सात प्रदेश र उपत्यका विशेष प्रदेश गरी आठवटै प्रदेशमा भेला आयोजना गरिने र विद्यार्थीहरूलाई प्रचारका बारेमा विशेष प्रशिक्षण दिइने छ । भेलामा सूचना प्रविधि, समाचार लेखन र सामाजिक सञ्जालका बारेमा अभिमुखीकरण गरिने छ । डिजिटल माध्यमहरूबाट प्रचारलाई व्यवस्थित र रचनात्मक बनाउन विद्यार्थीहरूलाई सहजीकरण गर्ने गरी प्रशिक्षण कार्यक्रम राखिएको अनेरास्ववियु कोशी प्रदेश प्रचारप्रसार विभाग प्रमुख नारायण पोखरेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस  
मिस इन्फरमेसन, डिसइफरमेसन, डिक फेक र फेक न्युजहरूले दल र दलका नेतालाई प्रहार गरिनु दुखद : उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताउनुभएको छ ।

कुनै दल फुुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुुपर्ने आवश्यकता भए पनि

विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत

काठमाडौँ, २८ पुस । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम

हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी

काठमाडौं, पुस २६ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई