एमालेका पुर्व नेता राष्ट्रियसभाका पुर्व सांसद जितेन्द्र देव एमालेमा फर्किए


काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्र देव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा देव लगायतका नेताहरू एमाले प्रवेश गर्नुभएको हो । संविधान सभा सदस्य, पूर्वपर्यटन मन्त्री एवं राष्ट्रिय सभाका पूर्वसदस्य समेत रहनु भएका देवलाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले एमालेमा स्वागत गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरूको सहभागिता रहेको थियो । उहाँहरूले देव लगायत पार्टी प्रवेश गर्ने नेताहरूलाई खादा र टीका लगाएर स्वागत गर्नुभयो ।

एमालेबाट राजनीति सुरु गर्नुभएका देव एमाले पोलिटब्युरो सदस्यसम्म हुनुभएको थियो । एमाले बाट माले हुँदै विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बाट नेपाली कांग्रेसमा पुग्नुभएको थियो । संविधानसभाको दोस्रो कार्यकाल सकिएपछि नेपाली कांग्रेसमा प्रवेश गरेर ६ वर्ष राष्ट्रियसभा सदस्य समेत रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई