फेरि पनि देश सङ्कटग्रस्त अवस्थामा छ : योगश भट्टराई


 

काठमाडौैं । नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगश भट्टराईले कांग्रेस–एमालेका नेताहरू बिच नयाँ सत्ता समीकरणको विषयमा भएको सहभागितालाई एमाले संसदीय दलको बैठकले अनुमोदन गरेको जानकारी दिनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै भट्टराईले मुलुकमा कतिपय अवस्थामा आउने यस्ता असामान्य क्षणलाई कतिपयले असामान्य गठबन्धनको रूपमा त कतिपय परिस्थितिको उपजको रूपमा व्याख्या गर्ने गरेका बताउनुभयो । ‘सामान्यतया संसदीय व्यवस्था भएका मुलुकमा दुईवटा प्रमुख राजनीतिक दल बिच सत्ता साझेदारी गर्नु राम्रो होइन, यो पटक पटक गरिने विषय पनि होइन, देश संकटमा पर्न लागेको बेला हामीले यस्ता ऐतिहासिक निर्णय गर्दै आएका छौँ’, उहाँले भन्नुभयो ।
उहाँले नेकपा एमाले र नेपाली कांग्रेस बिच २०४६ सालमा ऐतिहासिक सहमति नभएको भए बहुदलीय व्यवस्था प्राप्त हुन अझै ढिलो हुन सक्ने स्मरण गराउनुभयो । २०४७ को संविधान कांग्रेस र एमाले मिलेर बनाएको पनि नबिर्सन उहाँले आग्रह गर्नुभयो ।
माओवादीको सशस्त्र द्वन्द्वको कारण देश उकुसमुकुस भएको अवस्थामा देशमा शान्ति स्थापना गर्न पनि एमाले र कांग्रेस एक ठाउँमा उभिएका उहाँले बताउनुभयो । त्यसैको जगमा संविधान सभाबाट संविधान लेखिएको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । ‘एतिहासिक कालखण्डमा हामी दुईवटा पार्टी सहमतिका साथ अघि बढेका छौँ’, उहाँले भन्नुभयो ।
२०७९ को निर्वाचन पछि एमाले प्रतिपक्षमा बस्नु पर्छ भन्ने मनस्थितिमा रहेको भए पनि एमाले विरुद्ध बनेको गठबन्धनले काम गर्न नसकेपछि एमालले प्रचण्डलाई समर्थन गरेको उहाँले बताउनुभयो । त्यो सहकार्यलाई एमालेले लामो समयसम्म लैजान चाहेको भए पनि प्रचण्ड एकाएक सहमति तोडेर कांग्रेससँग मिल्न जाँदा एमाले प्रतिपक्षमा पुगेको उहाँले स्मरण गराउनुभयो ।
त्यो सरकार पनि अघि जाओस् भनेर एमाले आन्तरिक काममा लागेको बेला फेरी प्रचण्डले साथ माग्नु भएको र आफूहरूले साथ दिएको उहाँले स्मरण गराउनुभयो । यसलाई एमालेले २०८४ सम्म लैजान चाहेको भए पनि प्रधानमन्त्रीकै कारण अहिलेको स्थिति आएको उहाँले बताउनुभयो ।
एउटासँग सहमति गर्ने र अर्को समीकरण बनाउन लागि हाल्ने प्रचण्डको स्वभावको कारण अहिलेको परिस्थिति सिर्जना भएको भट्टराईले टिप्पणी गर्नुभयो । ‘एमालेसँग समीकरण छ, कांग्रेससँग समीकरण बनाउन खोज्नु हुन्छ, कांग्रेससँग समीकरण छ, एमालेसँग समीकरण गर्न खोज्नु हुन्छ’, उहाँले भन्नुभयो ।
यस्तो कार्यले नेपाल प्रति अन्तराष्ट्रिय विश्वास गुम्दै गएको भट्टराईले बताउनुभयो । यसले राज्यका निकायले समेत ठिक ढङ्गले काम गर्न नसकेको र जनतामा चरम निराशा बढेको उहाँले टिप्पणी गर्नुभयो । ‘एक किसिमले भन्ने हो भने फेरि पनि देश सङ्कटग्रस्त अवस्थामा छ’, भट्टराईले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
प्रधानमन्त्री ओलीलाई संसद्‌मा दुई तिहाइको विश्वास

  काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाई बहुमतको विश्वास प्राप्त गर्नुभएको छ।आइतबारको प्रतिनिधिसभा

एमाले प्रवेशको लहर

अन्जनीकुमार अधिकारी/उदयपुर । पछिल्लो समय उदयपुरमा नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको छ । मुलुकको

कांग्रेस–एमाले गठबन्धन तलमाथि हुन्न, यस्को विकल्प पनि छैन : उपप्रधानमन्त्री पौडेल

  काठमाडौं, साउन ४ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेबीच

सञ्चार क्षेत्रमा गर्नुपर्ने कामको सूचीसहित एमाले प्रचार बिभागले सञ्चारमन्त्री गुरुङलाई दियो ३० बुँदे सुझाव

  काठमाडौं, साउन २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई नेकपा एमाले केन्द्रीय प्रचार

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई