एमालेको सचिवालय बैठक बस्दै, ब्यापक रुपमा जिम्मेवारी हेरफेरको तयारी
काठमाडौ-सत्ताको नयाँ समिकरणका बारेमा छलफल गर्न नेकपा एमालेले सचिवालयलको बैठक बोलाएको छ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार बैठक भोली २५ गते दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम,संसद र सरकारमा एमालेको भूमिका आदिका बारेमा छलफल हुनेछ
यसैगरी एक वर्ष देखि केन्द्रीय कमिटीका नेताहरुलाई नयाँ भूगोल र विभागमा दिइएको जिम्मेवारीका बारेमा पनि बैठकमा छलफल हुने एक नेताले बताए । उनका अनुसार पार्टीले ब्यापक रुपमा नेताहरुको जिम्मेवारी हेरफेरको तयारी गरेको छ ।