नेकपा एमालेका केन्द्रीय सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू


काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिवालय बैठक बुधबार सम्पन्न भएको छ ।
बैठकमा एमाले र नेपाली कांग्रेस बिच भएका सहमतिका बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराउनुभएको थियो । उहाँले दुई दल बिच देशलाई स्थिरता दिने विषयमा सहमति भएको जानकारी बैठकमा गराउनुभएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
यस बाहेक पार्टीका नेताहरूको जिम्मेवारी हेरफेरको मापदण्डका विषयमा पनि बैठकमा छलफल भएको छ । पार्टीका केन्द्रीय सदस्यलाई यस अघि दिइएको अन्तर जिल्ला जिम्मेवारी फिर्ता गर्ने बैठकले निर्णय गरेको छ । ‘एक वर्षअघि पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई सम्बन्धित भूगोलभन्दा बाहिर पठाएका थियौँ, अब आफ्नै भूगोलमा फर्काइनेछ’, बैठक पछि उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
बैठकले केन्द्रीय सदस्यको कार्यक्षेत्र प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा हुने मापदण्ड तयार गरिएको छ । यसअघि पालिका इन्चार्ज बनेका केन्द्रीय सदस्यको कार्यक्षेत्र निर्वाचन क्षेत्र हुने भएको छ ।
अब प्रदेश कमिटी सदस्यहरू पालिकाका इञ्चार्ज हुने छन् । त्यस्तै जिल्ला कमिटी सदस्य वडा इञ्चार्ज वडाका सदस्य टोल कमिटी इञ्चार्ज टोल कमिटी सदस्य पार्टी सदस्यसम्म पुग्ने गरी संयन्त्र निर्माण गरिने भएको छ । नेताहरूको कार्य विभाजन भने केही पछि हुने भएको छ ।
बैठकले प्रदेश कमिटीले अनुमोदनको लागि पठाएका केही प्रस्ताव पनि अनुमोदन गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकले सबै जिल्लामा साउन मसान्तसम्म सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ । भदौसम्ममा केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गराइसक्नु पर्ने निर्देशन दिएको उहाँले बताउनुभयो ।
अधिवेशन गर्न बाँकी ११ वटा जिल्लाका अधिवेशन आउने कात्तिक भित्र सकिसक्नु पर्ने निर्णय बैठकले गरेको छ । ती कमिटीलाई संगठन कमिटीका रूपमा रूपान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।
यसै गरी पार्टीको सहकारी तथा गरिबी निवारण विभागको रिक्त रहेको सचिवको जिम्मेवारी परितोष पौडेललाई दिने बैठकले निर्णय गरेको छ । यसै गरी भूमि व्यवस्था विभागमा विजय सुवेदीलाई सचिव तोक्ने निर्णय बैठकले गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
प्रधानमन्त्री ओलीलाई संसद्‌मा दुई तिहाइको विश्वास

  काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाई बहुमतको विश्वास प्राप्त गर्नुभएको छ।आइतबारको प्रतिनिधिसभा

एमाले प्रवेशको लहर

अन्जनीकुमार अधिकारी/उदयपुर । पछिल्लो समय उदयपुरमा नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको छ । मुलुकको

कांग्रेस–एमाले गठबन्धन तलमाथि हुन्न, यस्को विकल्प पनि छैन : उपप्रधानमन्त्री पौडेल

  काठमाडौं, साउन ४ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेबीच

सञ्चार क्षेत्रमा गर्नुपर्ने कामको सूचीसहित एमाले प्रचार बिभागले सञ्चारमन्त्री गुरुङलाई दियो ३० बुँदे सुझाव

  काठमाडौं, साउन २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई नेकपा एमाले केन्द्रीय प्रचार

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई