उच्च मनोबलका साथ काम गर्नोस, निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी अव रोकिदैन : अर्थमन्त्री पौडेल


 

काठमाडौं, साउन २ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्ने गुनासोलाई सरकारले चाँडै सम्बोधन गर्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पदाधिकारीसँग आज मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो जानकारी गराउनु भएको हो ।

एफएनसीसीआईका पदाधिकारीलाई अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले काम गरेबापत सरकारबाट पाउनुपर्ने भुक्तानी अव नरोकिने बताउनु भयो ।  ’निमाण व्यवसायीले भुक्तानी पाएनन भन्ने जुन गुनासो छ, यो गुनासो अब धेरै दिन सुन्न पर्दैन । राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुन्छ । अब गुनासो गरिरहने अवस्था आउँदैन,’ अर्थमन्त्री पौडेलले भन्नुभयो ।

यस्तै उद्योगी र नेपाल बिद्युत प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रकलाईन’को विद्युत महसुल बक्यौता विवाद विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो राख्नुभएको भन्दै अर्थमन्त्री पौडेलले सो विवाद पनि कानुनअनुसार सुल्झाइने बताउनु भयो ।

’डेडिकेटेड र ट्रङ्कलाइन विवाद कसरी समाधान गर्ने भनेर प्रधानमन्त्रीले नै सरकारको दृष्टिकोण राखिसक्नु भएको छ । यो विषयलाई त्रास र आतङ्कका रुपमा नलिनुस । गैरकानुनी ढङ्गले सरकारले कुनै दायित्व सिर्जना गर्दैन’, निजी क्षेत्रका प्रतिनिधिसँग अर्थमन्त्री पौडेलले भन्नुभयो, ’यदि कसैले गैरकानुनी रुपले उद्योगीलाई दायित्व सिर्जना गर्न खोजेको छ भने त्यो कोसिस सफल हुँदैन । यो समस्या समाधान गर्नका लागि केही समय लाग्यो । अब तपाईहरु डेलिगेसन आइरहनु पर्ने अवस्था रहँदैन ।’

उहाँले सरकार निजी क्षेत्रको अविभावकका रुपमा रहेकाले सबै गुनासो र समस्या सुन्न तथा यसको समाधान खोज्न तयार रहेको पनि प्रष्ट पार्नुभयो । ’

प्रतिक्रिया दिनुहोस  
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौँ, २ फागुन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ

एमाले महासचिवको कडा स्टाटस

  काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक

वर्षमानजीसंगको फोनको कुरा

नेताहरुका वीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अव त

केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ : महासचिव पोखरेल

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई