कांग्रेस–एमाले गठबन्धन तलमाथि हुन्न, यस्को विकल्प पनि छैन : उपप्रधानमन्त्री पौडेल


 

काठमाडौं, साउन ४ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भई बनेको गठबन्धन सरकारको आयुलाई लिएर कोही भ्रममा नपर्न सुझाव दिनुभएको छ ।

एमाले उपाध्यक्षसमेत रहनुभएका अर्थमन्त्री पौडेलले कांग्रेस–एमाले गठबन्धन पूरा कार्यकाल टिक्ने भन्दै भत्काउन सकिन्छ कि भनेर नसोच्न सुझाउनु भएको हो । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको नेतृत्वमा आज मन्त्रालयमा भेटन आएको नगरपालिका सङ्घका पदाधिकारीहरुसँगको छलफलमा उपप्रधानमन्त्री पौडेलले अहिलेको सरकार देश र जनताको लागि भएको भन्दै त्यही गतिमा काम गर्न नगर प्रमुखहरुलाई आग्रह गर्नुभयो ।

‘अव पनि राजनीतिक स्थायित्व हुन्न कि भन्ने चिन्ता नलिनुस । यो गठबन्धन सरकार पूरै अवधि रहन्छ, काम गर्दा केही अप्ठ्यारो भयो भने विकल्प खोज्न लागिँदैन, मिलेर काम गर्छौं,’ अर्थमन्त्री पौडेलले भन्नुभयो । उहाँले नगर प्रमुखहरुलाई सङ्घीय गठबन्धनको गतिमा काम गर्न पनि सुझाउनु भयो ।

 

‘यो गठबन्धन तलमाथि हुन्न, अब यस्को विकल्प पनि छैन, तपाईहरु त्यही गतिमा काम गर्नुुस । देश बनाउने अभियानमा सारथी बन्नोस,’ अर्थमन्त्री पौडेलको भनाई थियो । भेटको क्रममा उहाँले स्थानीय तहलाई वित्तीय समानीकरणको बाँकी रकम भुक्तानीका लागि पहल गर्ने जानकारी पनि दिनुभयो । ‘वित्तीय समानीकरणको बाँकी रकम निकासाका लागि पनि म पहल गर्छु,’ अर्थमन्त्री पौडेलको भनाई थियो ।

सो क्रममा सङ्घका अध्यक्ष ढुङ्गानाले वित्तीय समानीकरण अनुदानवापतको रकम अझै सात प्रतिशत निकासा हुन बाँकी रहेको भन्दै सो रकम निकासा गरिदिन आग्रह गरेपछि अर्थमन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । अर्थमन्त्री पौडेलसँगको भेटपछि वित्तीय समानिकरणको पूर्ण अनुदान आउँछ भन्नेमा आफूहरु विश्वस्त बनेको अध्यक्ष ढुङ्गानाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस  
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौँ, २ फागुन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ

एमाले महासचिवको कडा स्टाटस

  काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक

वर्षमानजीसंगको फोनको कुरा

नेताहरुका वीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अव त

केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ : महासचिव पोखरेल

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई