अन्ततः देशले एक योग्य, दूरदृष्टि भएको, आत्मविश्वासले भरपूर र माझिएको नेतृत्व पाएको छ


योगेन्द्र ढकाल
नेपालको इतिहासमा गत हप्ता कैयन दृष्टिबाट महत्त्वपूर्ण रह्यो । त्यस्तो दूरगामी महत्त्व राख्ने घटना अरू कुनै नभएर नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीको प्रधानमन्त्रीमा नियुक्ती हो, जसलाई हिजो २०८१ साल साउन ६ गते आइतबार सङ्घीय संसदको दुई तिहाइ मतले अनुमोदन गर्‍यो ।
अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीमा नियुक्ती एउटा व्यक्तिको ठाउँमा अर्को व्यक्तिको नियुक्ती मात्र होइन । यो मुठ्ठीभर व्यक्तिहरूद्वारा जारी परमादेशमाथि जनादेशको ऐतिहासिक विजय हो । नेपालको इतिहासमा यो एउटा दुर्लभ घटना थियो ।
आज देश राजनीतिक, आर्थिक तथा सामाजिक सबै दृष्टिबाट अराजक दिशातर्फ तीव्ररूपमा उन्मुख भइरहेको छ । देशको यो अवस्थालाई बदल्न तत्काल प्रभावशाली एवं सार्थक पहल नगर्ने हो भने देश र जनताले भयावह परिणामको सामना गर्नुपर्ने हुनसक्छ । नेपालका राजनीतिक दलहरू र नेतृत्वको काँधमा इतिहासले देशलाई अहिलेको हालतबाट मुक्त गरेर उज्ज्वल भविश्यतर्फ अघि बढाउने जिम्मेवारी सुम्पेको छ ।
यो विगतद्वारा प्रमाणित कुरा हो कि अरू राजनीतिक दलहरू र तिनका नेतृत्वबाट देशलाई अहिलेको अवस्थाबाट बाहिर निकालेर उज्ज्वल भविश्यतर्फ डोर्‍याउन सम्भव छैन । जुन राजनीतिक दलहरू र तिनका नेताहरू देश र जनताको आजको अवस्थाको लागि कुनै न कुनै रूपबाट जिम्मेवार छन्, तिनीहरूबाट यस्तो अपेक्षा गर्नु पूर्णतः अवस्तुवादी हुनेछ ।
यो अवस्थाबाट देशलाई मुक्त गरेर उज्ज्वल भविश्यतर्फ अगाडि बढाउन सक्ने एउटा मात्र राजनीतिक दल केपी शर्मा ओलीद्वारा नेतृत्व गरिएको नेकपा ९एमाले० हो । नेकपा एमालेको सबैभन्दा ठूलो शक्तिको स्रोत अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । नेकपा ९एमाले० ले एक अनुभवी, आत्मविश्वासले भरपूर, शक्तिसँग नझुक्ने तथा सत्यसँग जोरी नखोज्ने, लाखौँलाख सङ्गठित कार्यकर्ताहरू एवं जनताको सहयोग र समर्थन प्राप्त, सगरमाथाभन्दा अग्लो उचाइ भएको, महासागरको छाल र ज्वारभाटाले पनि हल्लाउन नसकेको विशेष धातुबाट बनेको भीमकाय चट्टान जस्तो केपी शर्मा ओलीलाई आफ्नो नेताको रूपमा पाएको छ । यो नै नेकपा ९एमाले० को शक्ति, सङ्गठन र हमेशा अघिबढ्न सफल हुनु मुख्य स्रोत हो ।
अहिले पूरै देश र जनताले उपरोक्त विशेषताले युक्त केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा नेतृत्व पाएकोले नेपाल अब पहिलेको अवस्थामा रहँदैन र विकासको बाटोमा अघि बढ्छ भनेर अपेक्षा गर्नु विल्कूल वस्तुवादी हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस  
सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न एमालेका कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नु पर्छ ः उपमहासचिव ज्ञवालीले

नेकपा एमालेको उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा

विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन ः शेरधन राई

काठमाडौं- नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

  नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने

संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला असार १८ मा गर्ने

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई