पुष्पलालले लाभको होइन, त्यागको राजनीति गर्नुभयो : उपाध्यक्ष अष्टलक्ष्मी शाक्य


काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बीपी कोइराला र पुष्पलाल कुनै दल विशेषको नेता नभएको बताउनुभएको छ ।

नेकपा एमाले रामेछापले पुष्पलाल स्मृति दिवसको अवसरमा सोमबार रामेछापका भँगेरी स्थित पुष्पलालको जन्मस्थलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले उहाँहरूलाई कुनै पार्टी विशेषको नेताको रूपमा हेर्न नमिल्ने बाउनुभयो । ‘उहाँहरूको त्याग, समर्पण, विचार र नेपाली समाजमा गरेको नेतृत्व कुनै एउटा पार्टी विशेषको लागि नभएर देशको लागि हो’, शाक्यले भन्नुभयो ।

बीपी र पुष्पलालले गर्नुभएको दुःख अहिलेको पुस्ताले कल्पना गर्न पनि नसक्ने शाक्यले बताउनुभयो । उहाँहरू पेटभरि खान नपाउँदा समेत देश र जनताको लागि जीवन समर्पण गरेको शाक्यको भनाइ छ । ‘उहाँहरू आँट र साहसको प्रतिमूर्ति हो’, शाक्यले भन्नुभयो ।

शाक्यले पुष्पलाललाई सम्मान गरेर मात्र नपुग्ने बताउँदै उहाँको विचारलाई आत्मसाथ गर्न सक्नु पर्ने बताउनुभयो । ‘पुष्पलालले लाभको होइन, त्यागको राजनीति गर्नुभयो, यसलाई हामीले बुझ्नु पर्छ’, उहाँले भन्नुभयो ।

अहिले कम्युनिष्ट नेताहरूमा व्यक्तिवाद र स्वार्थ बढेको बताउँदै शाक्यले यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन नसक्ने उहाँले बताउनुभयो । सबै व्यक्तिगत स्वार्थ त्यागेर सुशासन र समृद्धिका पक्षमा काम गर्ने हो भने छोटो समयमा नै नेपाललाई समृद्ध राष्ट्र बनाउन सक्ने उहाँले धारणा राख्नुभयो ।

नेपालका कम्युनिष्ट नेताहरूको व्यवहार र चरित्र हेर्दा अझै केही समय नेपालका कम्युनिस्टहरू एक हुन नसक्ने उहाँले बताउनुभयो । धेरै षडयन्त्र गर्ने, अरूलाई सिध्याउने, अनेक खालका चलखेल गर्ने सामन्ती चरित्र नेपालका कम्युनिष्ट नेताहरूमा भएको उहाँले टिप्पणी गर्नुभयो । ‘कम्युनिष्ट नेताहरूमा व्यक्तिवादी चरित्र बढेको छ, त्यसैले एक हुन सकेका छैनन्, मिलाउन खोज्यो बिग्री हाल्छ, त्यसैले कम्युनिष्ट पार्टी एक हुन समय लाग्छ’, शाक्यले भन्नुभयो ।

संविधान परिवर्तन गर्न नमिल्ने दस्ताबेज नभएको भए पनि त्यसको औचित्य भने पुष्टि गर्नुपर्नेमा उहाँको जोड छ । विज्ञहरूसँग बसेर आआफ्ना पार्टीमा छलफल गरेर संविधानको संशोधन नगरी नहुने विषयलाई संशोधन गरेर अघि बढ्नु पर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस  
मिस इन्फरमेसन, डिसइफरमेसन, डिक फेक र फेक न्युजहरूले दल र दलका नेतालाई प्रहार गरिनु दुखद : उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताउनुभएको छ ।

कुनै दल फुुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुुपर्ने आवश्यकता भए पनि

विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत

काठमाडौँ, २८ पुस । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम

हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी

काठमाडौं, पुस २६ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई