बुद्ध दर्शन वैज्ञानिकतामा आधारित छ, यसलाई कमजोर हुन दिइन्नँ ः प्रधानमन्त्री ओली



काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिका जन्मिएका सिद्धार्थ गौतमको ध्यानबाट सिर्जित बुद्ध दर्शन वैज्ञानिकतामा आधारित भएकाले यसलाई कमजोर हुन नदिइने बताउनुभएको छ ।
नेपाल मण्डल लिटरेचर कल्चर टष्टद्वारा आज आयोजित बौद्ध विद्वान डा अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा अनगारिका गुरुमाँहरुमा सङ्घदान कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री ओलीले आफू आज कार्यक्रममा आउँदा प्रशनन चिन्तन लिएर आउने सोचमा रहे पनि अकल्पनीयरुपमा आजै भएको सौर्य एयरको विमान दुर्घटनास्थलमा पुगेर आउनुपरेकाले भारी मन लिएर आउन विवश भएको सुनाउनुभयो । उहाँले मृतकप्रति हार्दिक श्रद्धाञ्जली र मृतकका परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थलाभको कामना गर्नुभयो ।
नेपाली सामाजिक, धार्मिक र प्राकृतिकरुपमा विविधतायुक्त मुलुक भएकाले कसले कुन धर्म मान्छ, मान्दैन भन्ने कुरा बेग्लै भए पनि सरकारले नेपाल सबै नेपालीको साझा हो भन्ने कुरालाई आत्मसात् गर्ने स्पष्ट गर्नुभयो । “नेपाल विश्वमा मानवतावादको चेतना फैलाउने र बुद्ध दर्शन दिने बुद्ध जन्मेको देश हो । सबै मानव र प्राणी जातिको भलो र करुणाको दर्शन दिने देश हो ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुद्धका शिक्षालाई प्राप्त गरेर विस्तार गर्नुपर्छ भन्ने सोचका साथ मै प्रधानमन्त्री हुँदा सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र बनाएको थियो । राणाकालमा भिक्षु—भिक्षुणी हुनुलाई अपराध मानिन्थ्यो । बुद्ध दर्शनलाई जटि बनाइनु हुँदैन । यो वैज्ञानिकतामा आधारित छ । हामी बुद्धका ज्ञान र शिक्षालाई विस्तार गराउने पक्षमा छौँ ।”
प्रधानमन्त्री ओलीले ज्ञानलाई थुपारेर राखेर नबढ्ने भएकाले डा शाक्यले आफूमा भएको ज्ञानलाई वितरण गरेकामा खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई