मौद्रिक नीति आजै सार्वजनिक हुँदै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न शुक्रबार बिहान ८ बजे नै बोर्ड बैठक बोलाएको छ। मौद्रिक नीति पारित गर्ने मुख्य एजेण्डा राखेर राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउनु भएका छ ।