पुँजी बजारमा भएको उल्लेख्य सुधारले जनतामा आशा जगाएको छः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुँजी बजारमा उल्लेख्य सुधार हुनु राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिको सकारात्मक संकेत भएको बताएका छन्।

बिहीवार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले पुँजी बजारको सुधार र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिनु सकारात्मक पक्ष भएको बताए।

उनले जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको बताए। प्रधानमन्त्री ओलीले सरकार गठन भएको छोटो समयमा केही परिणाम देखिन थालेको बताए।

उनले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै राजश्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको बताए । उनले घरजग्गा कारोबार समेत क्रमशः वृद्धि हुँदै गएको बताए । उनले सरकारले जनतामा निराशा होइन आशा जगाउँदै जाने उल्लेख गरे।

उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले लिएको शून्य सहनशिलताको नीति मौखिक प्रतिवद्धता वा देखावटी नभएको बताए। उनले भ्रष्टाचारको विषय हल्लाको विषय मात्रै बन्नु नहुने भन्दै सरकारले कानूनी अनुसन्धान र नतिजामुखी बनाउने प्रतिवद्धता जनाए।

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण

उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज

नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरु नडुब्ने र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई