वैज्ञानिकहरू नै आन्दोलनमा


काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का वैज्ञानिक कर्मचारीहरुले अदालतको आदेशअनुसार तलबमान कायम गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

विगतमा तलव ग्रेड समान रहेकोमा २०५७ साल श्रावण १ गते देखि प्रशासनिक समूहका केहि कर्मचारीहरुले आफ्नो समकक्षी वैज्ञानिक कर्मचारी भन्दा सिनियर हुन वैज्ञानिक एस-१ र एस-२ पद/तहमा नगन्य कर्मचारी भएको मौका छोपी परिषद् व्यवस्थापनलाई प्रलोभनमा पारी आफ्नो भन्दा वैज्ञानिक कर्मचारीहरुको तलबमान कम हुने गरी निर्णय गर्न लगाएको कारण वैज्ञानिक कर्मचारीहरु ले आन्दोलनमा उत्रेका हुन ।

२०८०/१२/१५ गते सम्मानित उच्च अदालत पाटन समक्ष न्यायको लागि मुद्दा दाएर गरेकोमा मिति २०८१/०२/०२ गते रिट निवेदक सरहका समान समकक्षी तहका प्राविधिक/प्रशासनिक कर्मचारीहरु भन्दा निज रिट निवेदकहरुलाई कम हुने गरी आधारभूत तलबमान कायम हुनु असमान र विभेदकारी भएकोले सम्बत २०८१/०४/०१ बाट लागु हुनेगरी रिट निवेदक सरहका समान समकक्षी तथा प्राविधिक/प्रशासनिक कर्मचारीसँग समान हुने गरी समानताको आधारमा तलबमान निर्धारण गरी कार्यान्वयन गर्नु गराउनु भनी विपक्षीका नाउँमा परमादेश जारी हुने ठहर्छ भनी परमादेश जारी गरे पनि कार्यान्वयन नभएको उनिहरूको भनाइ छ ।
यसरी विगतमा समान रहेको तलबमानलाई विगार्न देखि हाल अदालतको आदेश पालना गर्न नदिने प्रशासनिक कर्मचारीहरुको कारण निकम्बा बनेको परिषद् व्यवस्थापनले रजिनामा दिनु पर्ने, अदालतको आदेश तत्काल कार्यान्वयन गर्नु पर्ने, समकक्षी प्रशासनिक कर्मचारी सरह वैज्ञानिक कर्मचारीहरुलाई साधन स्रोतको वितरण गर्नु पर्ने र अनुसन्धान गर्ने उचित वातावरण सिर्जना गर्नु पर्ने उनिहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस  
नेपालको राजनीतिमा नेकपा एमालेलाई कमजोर देखाउने कोसिस भइरहेको छ ः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

  काठमाडौं, वैशाख १३ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल

कमजोर राज्यमा नागरिक बलिया बन्न सक्दैनन् : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका

सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका छन ः प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र

एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उहाँ माथि आक्रमण भइरहेको छ ः सुनिता डङ्गोल

  काठमाडौं । काठमाडौं उपमहानगरपालिका उप प्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई