राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न प्रधानमन्त्री ओलीको निर्देशन


दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न निर्देशन दिएका छन्।

मङ्गलवार प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्। चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले छलफलमा दुई प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्दा लाग्ने आर्थिक स्रोतका विषयमा चासो राखेका थिए।

छलफलमा प्रधानमन्त्रीसहित अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री विद्या भट्टराई, स्वास्थ्य सचिव डा रोशन पोखरेल, आयोगका उपाध्यक्ष डा अन्जनी कुमार झा, आयोगका निर्देशकहरू र पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूको सहभागिता थियो।

मङ्गलवार साँझ बसेको छलफलपछि प्रधानमन्त्रीले तत्कालै आवश्यक बजेट व्यवस्था गरेर दुवै प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम अगाडि बढाउन निर्देशन दिएको छलफलमा सहभागी एक प्रतिनिधिले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस  
नेपालको राजनीतिमा नेकपा एमालेलाई कमजोर देखाउने कोसिस भइरहेको छ ः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

  काठमाडौं, वैशाख १३ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल

कमजोर राज्यमा नागरिक बलिया बन्न सक्दैनन् : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका

सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका छन ः प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र

एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उहाँ माथि आक्रमण भइरहेको छ ः सुनिता डङ्गोल

  काठमाडौं । काठमाडौं उपमहानगरपालिका उप प्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई