पाठ्यक्रमहरू सबै परिमार्जन गर्छौं : शिक्षामन्त्री भट्टराई


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्नेगरी अगाडि बढेको बताएकी छन्। बिहीबार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा मन्त्री भट्टराईले विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी हुन्।

उनले पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालय लागिपरेको बताइन्। उनले राष्ट्रलाई योगदान दिनसक्ने जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिइन्। राष्ट्रलाई योगदान दिन सक्ने जनशक्तिले नै अन्तर्राष्ट्रिय बजारमा योगदान दिन सक्ने उनको भनाइ छ।

उनले सिटिईभिटीलाई पुनःसंरचना गर्नका लागि काम अगाडि बढाइएको भन्दै यसको पाठ्यक्रम र पुनःसंरचनाका लागि आवश्यक काम गर्न दुई वटा समूह बनाएर जिम्मेवारी दिइएको जानकारी दिइन्।

उनले भनिन्, ‘…सिटीइभिटीलाई अहिलेको अवस्थामा यसको पाठ्यक्रम र पुनःसंरचनाको लागि दुईवटा टिम बनाएर हामीले जिम्मेवारी दिएका छौँ। पाठ्यक्रममा उद्यमशिलतामा काम गरिरहेको हाम्रो पंक्तिलाई कसरी जोड्ने? हामीले हिजोसम्म भन्ने गरेउ, नेपालीहरु पढ्ने यहाँ। तर अन्तर्राष्ट्रिय श्रम बजारमा जान सक्षम जनशक्ति तयार गर्छौ भन्यौँ हामीले। त्यहाँ नै हामी गलत भयौँ। अब शिक्षा मन्त्रालयले हाम्रो पाठ्यक्रमलाई पूरै परिमार्जन गर्नुपर्छ चाहे त्यो जनरल एजुकेशनको होस्। चाहे त्यो साइन्सको होस्, चाहे टेक्नीकल एजुकेशनको होस्। सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले नै हामी अगाडि बढेका छौँ।’

उनले शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय र श्रम मन्त्रालयका बीच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षा भनेको ज्ञान मात्रै नभई सिप, कला र उद्यमशिलता पनि हो भन्ने कुरा स्थापित गर्नुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीमा व्यस्त

काठमाडौं, जेठ ८ अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको

शंकर पोखरेलको टिप्पणी : राजावादीले गर्ने आन्दोलन जनता विरूद्वको हो

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले जेठ १५ गतेदेखि गर्ने भनिएको आन्दोलन जनताका

अनेरास्ववियुको झण्डा सगरमाथामा

विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाले अनेरास्ववियुको झण्डा सगरमाथामा पुरयाउनु भएको छ । त्यसैलाई लिएर

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घको हानीनोक्सानी कोषका कार्यकारी निर्देशकद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको हानीनोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज)का

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई