योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

सङ्घीय संसदहरुका लागि जीवनविज्ञान संस्थाद्वारा आज आयोजित स्वजागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुुग्ने बताउँदै अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गर्नुभयो । “म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ । योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्छ । त्यसैले योगलाई विशेष महत्व दिनुपर्छ ।’’
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेताहरु, सांसदहरुको सहभागिता थियो । सहभागीलाई रमेश नेपालले योगाध्यास गराउनुुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
नेपालको राजनीतिमा नेकपा एमालेलाई कमजोर देखाउने कोसिस भइरहेको छ ः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

  काठमाडौं, वैशाख १३ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल

कमजोर राज्यमा नागरिक बलिया बन्न सक्दैनन् : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका

सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका छन ः प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र

एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उहाँ माथि आक्रमण भइरहेको छ ः सुनिता डङ्गोल

  काठमाडौं । काठमाडौं उपमहानगरपालिका उप प्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई