एमालेले देख्यो सिआईबीको आबश्यक्ता



सर्लाही
नेकपा एमाले सर्लाहीले आफ्नो एक कार्यकर्ताको ज्यान गएको घटना छानविनको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईविको टोली माग गरेको छ ।
कविलासी नगरपालिका वार्ड नम्वर ४ का पुर्व वडा अध्यक्ष अरविन्द रायको ज्यान गएको सम्वन्धमा अनुसन्धान गर्न यस्तो माग गरिएको एमाले नेता चूडामणि वाग्लेले जानकारी दिनुभयो ।
एमाले जिल्ला कमिटी सदस्य समेत रहेका रायको गत भदौ ७ गते साझ वरहथवा नगरपालिका वार्ड नम्वर १० किसनपुर चौकमा एक विवादास्पद मोटरसाईकल दुर्घटनामा ज्यान गएको थियो ।
आज नेकपा एमालेका केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज हरि उप्रेतीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई माग पत्र वुझाएको हो । पुर्व रक्षा मन्त्री समेत रहनु भएका प्रतिनिधि सभाका सदस्य हरि उप्रेतीको हस्ताक्षर रहेको पत्रमा घटनालाई स्वभाविक दुर्घटना मान्न नसकिने भएकोले विशेष अनुसन्धान गर्न माग गरिएको छ ।
टोलीमा पार्टी केन्द्रीय सदस्य एवं वरहथवा कि नगर प्रमुख कल्पना कटुवाल, पूर्ब मन्त्री खोवारी राय, पार्टी नेता शेष मेहवुव रेजा, पार्वती विश्वकर्मा, अशोक कार्की, प्रल्हाद वुढाथोकी लगायत हुनुहुन्थ्यो ।
पत्रमा हालसम्म भएको अनुसन्धानको लागि स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय वरहथवालाई धन्यवाद दिइएको छ । एमाले नेता चूडामणि वाग्लेले दुर्घटना भनिए पनि उक्त घटनाको प्रकृति अपराधजन्य देखिएकोले पार्टीले गम्भिर छानविन गर्न माग गरेको वताउनुभयो ।
एमालेको पत्र वुझ्दै प्रजिअ अधिकारीले घटनाको अनुसन्धान गम्भिर ढंगले भईरहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण

उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज

नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरु नडुब्ने र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई