चेक अनादरको प्रवृत्तिलाई नियन्त्रण गर्न जरुरी छ: अर्थमन्त्री पौडेल


काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चेक अनादर गर्ने प्रवृत्ति बढ्दै गएकोले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ।

आइतबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा भएको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा  बोल्दै पौडेलले चेक अनादरलाई निरुत्साहित गर्नुपर्ने बताउनु भयो। त्यस्ता घटनामा संलग्नलाई कारबाहीको लागि कानूनमा व्यवस्था गरिने प्रबन्ध पनि यथार्थमा आधारित हुनुपर्नेमा पौडेलले जोड दिनुभयो।

अर्थमन्त्री पौडेलले हरेक कानून बनाउँदा व्यवहारमा टेकेर बनाउनुपर्ने बताउनुभयो। ‘चेक अनादरको प्रवृत्ति बढ्दै गएको छ, त्यसलाई नियन्त्रण गर्न जरुरी छ, त्यसका निमित्त आवश्यक कानुनी प्रबन्ध पनि गर्नुपर्छ, अर्कोतर्फ चेक अनादरको विषय निरुत्साहित गर्न कानूनी तवरले काम कारबाही हुनुपर्छ, कानूनमा गरिने प्रबन्ध रियलस्टिक पनि हुनुपर्‍यो भन्ने हो’, अर्थमन्त्री पौडेलले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस  
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने

विश्व बैंकद्वारा नेपाल सरकारलाई विपद् व्यवस्थापनका लागि तत्काल सुविधा (क्याट्रोस्ट्रोपि ड्र-डाउन) अन्तर्गत १५० मिलियन अमेरिकी

विदेशी मुद्राको सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड पुग्यो

काठमाडौँ । देशभित्र विदेशी मुद्राको सञ्चिति करिब रु २१ खर्ब पुगेको छ । नेपाल राष्ट्र

विकासका लागि बलियो सरकार सरकार गठन भएको छ : उपप्रधानमन्त्री पौडेल

रुपन्देही । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका लागि राजनीतिक स्थिरता खोजेर नै यो सबैभन्दा

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का लागि नेपाल आएको मूल्याकंन टोलीले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई