भन्सार विभागका सबै कर्मचारी उच्च मनोबलकासाथ काम गर्नुहोस्। सबै सेवाग्राहीहरुमा मैत्रीपूणै व्यवहार गुर्नुहोस् : अर्थमन्त्री पौडेल


 

 

काठमाडौं-अर्थमन्त्री विष्णु पौडेलले राजस्व परिचालन प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएमा अर्थतन्त्रमा सुधार गर्न नसकिने बताउनुभएको छ।

बिहीबार काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन गोष्ठी-२०८१ कार्यक्रममा उहाँले राजस्व परिचालनको दृष्टिकोणले अहिले धेरै चुनौतीहरु देखिएको भन्दै राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकिएन भने अर्थतन्त्रमा सुधार गर्न नसकिने बताउनुभएको हो।

अर्थमन्त्री पौडेल भन्नुभयो, ‘आजभोलि चलनचल्तीको भाषा छ- अर्थतन्त्र अहिले दवाबमा छ। राजस्व परिचालनको दृष्टिकोणले अहिले चुनौतीहरु छन्। वास्तवमा म चाँही यो दवाब व्यक्तिगत रुपमा गहिरो रुपमले हेरिरहेको छु। कति भुक्तानीहरु गर्न बाँकी छन्। यदि राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकेनौँ भने कसरी अगाडि बढ्न सकौला भन्ने चिन्ता छ।’

उहाँले विगतको तुलनामा अर्थतन्त्रमा केही सुधार भएको भएतापनि त्यसैमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘गतवर्षको तुलनामा केही प्रगती भएको भएतापनि त्यसलाई तुलना गरेर त्यसमा नै चित्त बुझाएर बस्ने अवस्था छैन ।’

अर्थमन्त्री पौडेलले भन्सार विभागका कर्मचारीहरुलाई सेवाग्राहीहरुप्रति मैत्रीपूर्ण व्यवहार गर्दै उच्च मनोबलकासाथ काम गर्न निर्देशनसमेत दिनुभयो। उहाँले भन्नुभयो, ‘भन्सार विभागका सबै कर्मचारी उच्च मनोबलकासाथ काम गर्नुहोस्। सबै सेवाग्राहीहरुमा मैत्रीपूणै व्यवहार गुर्नुहोस्। र, भन्सारका सदस्यहरुले दुरुपयोग गर्न सम्भव छैन् भन्ने बुझ्नुहोस्।’

प्रतिक्रिया दिनुहोस  
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ

काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ

चाड पर्वका माध्यमबाट हामीले हाम्रो संस्कृतिलाई मजबुत बनाउनु पर्दछ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका सांस्कृतिक पर्वले देशलाई एकताबद्ध बनाउन सहयोग गरेका

पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया

बडादशैंको महत्व झनै बढेर गएको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, असोज २५ । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले बडादशैं पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई