एमालेको भातृ संगठन प्रेस चौतारीका अध्यक्षलाई पक्राउ गर्न खोजिएकोप्रति महासंघको आपत्ति
नेकपा एमालेको भातृ संगठन प्रेस चौतारी, नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न खोजिएकोप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ती जनाएको छ ।
समाचारको विषयलाई लिएर बस्नेतलाई पक्राउको प्रयास गरेको भन्दै महासंघले गम्भीर भएको हो । महासंघका अनुसार आज हार्दिक होटलमा आयोजित छलफल कार्यक्रममा सहभागी बस्नेतलाई पक्राउ गर्न साइबर ब्यूरोको टोली पुगेको थियो ।
अन्य पत्रकारले विरोध जनाएपछि पक्राउ नगरिकन टोली फर्किएको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हेर्नुस विज्ञप्ति