रिटर्नीहरूले देशको आर्थिक विकासमा आफू र विदेशमा रहेका नेपालीलाई जोड्नसक्नुपर्छ : महासचिव पोखरेल


 

रिटर्नी फेडेरेशन नेपालले प्रशिक्षण सामग्रीको सङ्गालोका रूपमा ‘रिटर्नी जागरण’ प्रकाशन गरेको छ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले उक्त प्रकाशनको  विमोचन गर्नुभयो ।
विमोचन कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले रिटर्नी फेडेरेशन नेपाललाई मुलुकको आर्थिक, सामाजिक विकासको एउटा महत्वपूर्ण कडिका रूपमा लिइएको बताउनुभयो ।
उहाँले रिटर्नी फेडेरेशनलाई वैदेशिक रोजगारमा रहँदा प्राप्त गरेको ज्ञान, सीप र पुँजीलाई राष्ट्र निर्माणमा कसरी लगाउने भन्ने पक्षमा सामुहिक विमर्श गर्ने, योजना बनाउने काम गर्न र त्यसका आधारमा विदेशमा रहेका नेपालीलाई जोड्ने काममा भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
महासचिव पोखरेलले रिटर्नी फेडरेशन नेपालले वैचारिक, राजनीतिक र सङ्गठनात्मक स्तर बृद्धि नगरिकन स्वभाविक रूपमा अन्य क्षेत्रका कामहरूलाई व्यवस्थित गर्न सकिँदैन भन्ने मान्यताका साथ वैचारिक, राजनीतिक र सङ्गठनात्मक हिसावले फेडेरेशनलाई व्यवस्थित गर्ने उद्देश्यका साथ रिटर्नी जागरण प्रशिक्षण सामग्री तयार गरेर प्रशिक्षणको कामलाई व्यवस्थित गर्ने पहल गर्नु सकारात्मक काम भएको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै पार्टीका केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेशन नेपालका इन्चार्ज डा.कृष्ण केसीले अहिले देशमा एक घर, एक बैदेशिक रोजगारी जस्तो स्थिति भइसकेको, शिक्षा क्षेत्रमा अविश्वासका कारण हाम्रा विश्वविद्यालयहरू रित्तिँदै गएको, देशको अर्थतन्त्रको ठुलो हिस्सा रेमिट्यान्स रहेका लगायत विषयमा चर्चा गर्नुभयो ।
‘रिटर्नी जागरण’मा बैदेशिक रोजगार, रिटर्नीहरूको पुनःसमायोजन र पुनस्र्थापना, सङ्गठनात्मक सीप विकास, सङ्गठनात्मक प्रश्नावली, सङ्गठन व्यवस्थापन, आर्थिक व्यवस्थापन, पार्टी र जनसङ्गठनहरूको अन्तरसम्बन्ध, माक्र्सवादको सङ्क्षिप्त परिचय, जनताको बहुदलीय जनवाद लगायत प्रशिक्षण सामग्री रहेका छन् । कार्यक्रम नेकपा (एमाले)को जनसङ्गठन रिटर्नी फेडरेशन नेपालका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस  
सरकार ढल्छ भन्नेहरु गल्न थालेका छन् : प्रधानमन्त्री

काठमाडौँ, १३ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका

नेपालको राजनीतिमा नेकपा एमालेलाई कमजोर देखाउने कोसिस भइरहेको छ ः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल

  काठमाडौं, वैशाख १३ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल

कमजोर राज्यमा नागरिक बलिया बन्न सक्दैनन् : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक अधिकारले मात्रै राज्य बलियो नहुने टिप्पणी गरेका

सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका छन ः प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई