संवैधानिक परिषद्को बैठक आज बस्दै
संवैधानिक परिषद्को बैठक आज बस्दैछ। शुक्रबार साँझ ५ बजे परिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गएको बुधबारै बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाउनु भएको थियो। तर समयकाे अभावले बैठक नबसी स्थगित भएको बैठक आज बस्न लागेको हो।
नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ।
त्यसैगरी प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख परिषद्का सदस्य रहने संवैधानिक व्यवस्था छ।